विराटनगर,कांग्रेस विराटनगर महानगरसमितिको शनिबार भएको अधिवेशनमा सभापतीमा दीपक चापागाई बिजयी भएका छन । चापागाई दुई सय १२ मतसहित बाँकी तीन प्रतिद्वन्द्वीलाई उछिन्दै महानगरसमिति सभापतिमा विजयी भएका हुन् ।
आइतबार बिहान चार बजेतिर गनिसकिएको मत परिणामअनुसार चापागाईका निकटतम् प्रतिद्वन्द्वी सन्तोष न्यौपाने रहे, जसले एक सय ६५ मत प्राप्त गरे । सभापतिका अन्य प्रत्यासीहरूमा कृष्ण कार्कीले एक सय ३३ र अरुण न्यौपानेले एक सय २७ मत प्राप्त गरे । न्यौपाने स्थानीय सरकार प्रमुख निकट मानिन्छन । स्थानीय सरकार प्रमुखले न्यौपानेको उमेदवारीलाई समर्थन गरेर । अर्काे उमेदवार कृषण कार्कीको भोट मागेको स्रोतले बताएको छ ।
त्यसैगरी, विराटनगर महानगरसमितिको नवनिर्वाचित सभापति दीपक चापागाईको टिममा निरोज कोइराला र इन्दु सुवेदी उपसभापति, झुमा निरौला र तेजिन्द्र भट्टराई, सचिव तथा सचिन पोखरेल र दिवस नेपाल सहसचिवमा विजयी भएका छन् । शनिबार भएको नगरअधिवेशनमा ६ सय ८१ मतदातामध्ये ६ सय ६४ मत खसेको थियो । १७ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएनन् । मतगणना साँझ शनिबार साँझ सात बजेबाट सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया