नेपाल प्रेस युनियन मोरङले हरेक वर्ष प्रदान गर्दै आएको गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार मोरङका तीन जनालाई वितरण गर्ने भएको छ ।
प्रेस युनियन मोरङको आज बसेको बैठकले २०७७ को पुरस्कार नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष शेखर रेग्मी र २०७८ को नेपाल प्रेस युनियनका पूर्व मोरङ जिल्ला अध्यक्ष कुमोद अधिकारी तथा प्रेस युनियनका पूर्व मोरङ जिल्ला कोषाध्यक्ष दिनेश गिरीलाई प्रदान गर्ने निर्णय गरेको हो ।पुरस्कारको रासी जनहि १५ हजार रुपैया र सम्मान पत्र छ ।उनीहरुलाई कार्तिक १७ गते महान पर्व तिहारको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी वितरण गरिन लागेको हो । पुरस्कारको राशी जनही नगद १५ हजार रहेको प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया