सन्तनु रेग्मी कांग्रेस बृत्तको पुरानो र परिचित नाम हो । केटाकेटि देखि नै कांग्रेसि परिवारमा हुर्कीनुभएका रेग्मी ,२०४३ साल देखि नेविसघमा रहेर निरन्तर काम काम गर्नुभयो ।त्यसपछी पार्टीमा रहेर लामो समय काम गनुभयो । व्यवस्था परिर्वतनका आन्दोलनमा समाहित भएर जेल नेल बस्नुभयो । २०४६ साल देखि हाल सम्म कांग्रेसका विभिन्न स्थानमा रहेर काम गर्दै आउनुभएको छ । जिवनमा कुनैपनि सरकारी आहोदामा रहेर लाभ नलिएका रेग्मी उहाँ आसन्न कांग्रेसको चुनाउमा मोरङ ४ को सचिब पदमा उठ्ने घोषण गर्नुभएको छ । उहाँसंग गरिएको सक्षिप्त कुराकानी सार ।
१.तपाँई पार्टीको क्षेत्रीय सचिबमा किन तपाँईको उमेदवारी ?
पार्टीलाई अनुशाशित बनाउन आफुपनि अनुशासित हुने , संगठन विस्तारको काम गर्न, संगठनमा लामो समय काम गरेको अनुभव साथीभाईहरुसंग आदान प्रदान गर्न र संगठन बलियो बनाउन र सबै चुनावहरुमा पार्टीलाई जिताउन मेरो भुमिकाकालागी मैले सचिव पदमा उमेदवारी घोषणा गरेको हँु ।
२.हालसम्म पार्टीलाई बलीयो बनाउन के गर्नुभयो ?
पार्टी संगठनलाई बलियो र अनुशाशित बनाउन निक्कै दुःख गरेको छु । संगठन बलियो बनाउन विभिन्न टोल संगठन लगायतका ठाउहरुमा विभिन्न कार्यक्रमहरु संञ्चालन गरेको छु । त्यसैगरी विभिन्न सचेतना तथा अन्तरक्रिया कार्यक्रम संञ्चालन गर्नुका साथै पार्टीलाई बलियो बनाउने गोष्ठि, लगायतका अभियान संञ्चालन गरेको छु ।
३. जित्नुभयो भने के काम गर्नुहुन्छ ?
पार्टीको ईमान्दार कार्यकर्ता बनेर सहयोग गछौ । पार्टीमा अहिले देखिएका बिकृतिहरुलाई बिस्तारै निराकरण तिर लाग्ने छौ । राजनीतिलाई समाज सेवाको रुपमा लिएर सोहि अनुसार जनताको तथा पार्टीको सेवामा मेरो समय समर्पीत गर्नेछु । त्यसैले सबै पार्टीका नेता तथा कार्यकर्ता साथिहरुले मलाई मतदान गरि मोरंङ क्षेत्र न. ४ को सचिब पदमा बिजय गराउन हार्दीक अनुरोध गर्दछु ।
४. तपाँईले कहिल्यै लाभको पद किन लिनु भएन ?
मैले राजनीतिलाई जनता तथा पार्टीको संगठनको सेवा मुख्य ठान्दछु । मैले चाहेको भए धेरै लाभका पदहरु लिन सक्थे तर जनताको सेवा गर्न लाभको पद नै लिनुपर्छ भन्ने छैन । कुनैपनि पदमा नबसी जनताको काम गर्न र सहयोग गर्न सकिन्छ भन्ने हिसावले सधै जनता , पार्टी र संगठनको भलो सोचेर काम गरे । त्यसैले पद र पैसामा मरिहत्ते गरिन । त्यसैले लाभको पद नलिएको हो ।
५. अन्त्यमा छुटेको केहि छ ?
मलाई सबै साथीहरुले मतदान गराईदिनुहुन्छ भन्ने बिस्वास लिएको छु । र नेता साथिहरुले म लाई मतदान गरेर मोरंङ ४ को सचिब जिताउनु हुन सादर अनुरोध छ ।