कुनै देशका मन्त्रीले भाडाँ मस्काएको थाहा छ ? भन्ने प्रश्न तपाँईलाई कसैले गरो भने तपाँई सहजै उत्तर दिन सक्नु हुने छ । थाहा छैन । तर प्रदेश १ को सवालमा गलत हुने छ । प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्कीले थाल माझेको फोटो भाईरल भएको छ । अरुबेला घरमा आफै खाना बनाउने मन्त्री कार्की आफुले खाएको थाल माझने गर्थे । विराटनगरका एक समाजसेवी अक्षय सहनिले सामाजिक संञ्जाल फेसबुकमा पोस्ट गरेको फोटोमा मन्त्री कार्कीले थाल माज्दै गरेको देख्न सकिन्छ । मन्त्री कार्की छेउमा एक जना मानिस पनि उनि संग गफिदै गरेको देख्न सकिन्छ । मन्त्री कार्कीको यो कर्मले मन्त्री भएपछी सुकिलो मुकिलो लुगा लगाएर रातो कार्पेट बिच्छाउन लगाउनेहरुलाई गहकिलो सबक भएको छ ।

तपाईको प्रतिक्रिया