विराटनगर,१३ मंशिर :कांग्रेस मोरंगको दोश्रो पटकको निर्वाचनमा दिलीप गच्छदारलाई यसअघिका प्रतिस्पर्धी यदु बिष्टले सघाउने घोषणा गरे । सोमबार पत्रकार सम्मेलन गर्दै बिष्टले कांग्रेस मोरंगको सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका उम्मेदवार गच्छदारलाई समर्थन गर्ने बताए । डा. शेखर कोईराला र देउवा पक्षको चुनावि प्रतिस्प्रर्धा भईरहेकोबेला आफुलाई कोईराला पक्षको दावी गर्ने विराटनगरका प्रमुख भिम पराजुलीले देउवा पक्षका गच्छदारलाई समर्थन गरेका छन ।
उनले खुलेरै गच्छदारलाई मतदान गर्न आफुनिकट मतदाताहरुलाई आग्रह गरे । उनलेभने, गच्छदार जि लाई मेरो समर्थन छ मतदान गर्नुहोला ,। पराजुलीको समर्थनले कित्ता परिर्वतन गरेको संकेत गर्छ । तर उनले भने, मैले समर्थन मात्र गरेको हो धार परिर्वतन गरेको छैन ,। उता प्रकाशमान निकट मानिने राजु मास्केलेपनि गच्छदारलाई समर्थन गरे । मास्के बिश्वनाथ रिजाल निकट समेत मानिदै आएका थिए । उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएपछी विष्टको खेमाबाट उपसभापतीको उमेदवार छन ।
आईतबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नल्याएपछि दोश्रो चुनावमा ५१ प्रतिशतकालागी बिष्ट र मेयर पराजुलीले कोईराला पक्षका उमेदवार डिगबहादुर लिम्बुलाई हराउन गच्छदारलाई समर्थन गरेका हुन । १४ औं महाधिवेशन अन्तरगत मोरङको अधिवेशनमा आईतबार ३ हजार ४ सय १४ मत खसेको थियो । आईतबार राती मतगणना हुँदा संस्थापनइतर पक्षका उम्मेदबार डिगबहादुर लिम्बुले १ हजार ५ सय ४४ मत प्राप्त गरे । शेरबहादुर देउवा निकट उम्मेद्वार दिलीप गच्छदारले १ हजार १ सय ६६ मत प्राप्त गर्दा कृष्णप्रसाद सिटौलासँग नजिक रहेका उम्मेद्वार यदुकुमार बिष्टले ५ सय ६३ मत प्राप्त गरेका थिए ।