विराटनगर,१२ मंशिर : मोरंग काग्रेसको भोलि हुने निर्वाचनमा देउवा पक्षका उमेदवार दिलिप गच्छदार भन्दा कोईराला पक्षका डिग बहादुर लिम्बु बलियो देखिएका छन । लिम्बुलाई कांग्रेस केन्द्रीय सदस्यहरु महेश आचार्य, डा. मिनेन्द्र रिजाल , डा. शेखर कोईराला, सुजाता कोईराला , सुनिल शर्मा र कांग्रेसका युवा नेता नागेश कोईराला, केदार कार्कीको समर्थन छ । त्यसैले लिम्बु बलिया उमेदबार हुन । यता देउवा पाक्षका दिलीप गच्छदारलाई कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल , कांग्रेस नेता यदु विष्ट, रमेश जंग रायमाझि , आफुलाई डा. शेखर कोईरालाको निकट मानिने विराटनगरका मेयर भिम पराजुलीको समेत समर्थन छ । पराजुलीले खेमा परिर्वतन गरेका छन । कोईराला संग नजिक भएर मेयरको टिकट लिएका पराजुली कांग्रेसको विराटनगर महानगर र प्रदेश प्रतिनिधिको चुनाउमा उनका उमेदवार नराम्रो संग पराजित भएपछी एक्लीएका पराजुलिले देउवा क्याम्पका उमेदवार गच्छदारलाई समर्थन गरेका हुन । स्रोत भन्छ ,उनले डा. शेखर कोईरालालाई धोका दिएका छन,। मेयर पराजुलीले धोका दिएपनी खासै फरक नपर्ने देखिएको छ । केन्द्रीय सदस्य महेश, मिनेन्द्र, डा. शेखर , सुनिल शर्मा , नागेश र केदार कार्कीहरुले लिम्बुलाई समर्थन गर्नेहरुले लिम्बुलाई साथ दिने छन ।
सोमबार मोरङ जिल्ला सभापति चयनका लागि निर्वाचन भएको थियो । जसमा कोइराला पक्षका डिगबहादुर लिम्बू, शेरबहादुर देउवा पक्षका दिलिप गच्छदार र कृष्णप्रसाद सिटौला पक्षका यदुकुमार विष्ट सभापतिका उम्मेदवार बनेका थिए । विष्टलाई संस्थापन इतर पक्षमा रहेका रामचन्द्र पौडेल र प्रकाशमान सिंहले पनि समर्थन गरेका थिए । सोमबार भएको मतदानमा सभापति पदका तीनमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण मंगलबार पुन मतदान हुदैछ । सोमबार बेलुका पत्रकार सम्मेलन गर्दै यदु विष्टले आफ्नो प्यानलको समर्थन गच्छदारलाई रहेको बताएका छन् । आइतबार भएका निर्वाचनमा ३ हजार ४ सय १४ मत खसेको थियो । जसमा संस्थापन इतर पक्षका उम्मेदवार लिम्बूले १५४४ मत प्राप्त गरे । गच्छदारले ११६६ मत प्राप्त गर्दा विष्टले ५६३ मत पाए ।

तपाईको प्रतिक्रिया