नयाँ दिल्ली , भारत
नेपाली राजदुताबासको नै सरक्षणमा मानव तस्करी हुदैं गएको छ । भारतको नयाँ दिल्लीको इन्दिरा गान्धी विमान स्थलबाट तेस्रो मुलुक संयुक्त अरव इमिरेट (यु ए ई )मा अवैध रुपमा दुतावासको नै मिलेमतोमा मानव तस्किरी हुने गरेको छ । कामदारको रुपमा जाने महिला हरुले दुतावासमा कार्यरत कर्मचारीलाई ४० हजार देखी ५० हजार सम्म बुझाउने गरेको एक महिला कामदारले बताइन ।

नेपाली राजदुताबासको नियम बमोजिम तेस्रो मुलुक जानको लागी एन ओ सी अनिवार्य रुपमा अवश्यक पर्ने एन ओ सीको लागी आफुले नगद ५० हजार बुझाएको उनले बताइन ।

विमान स्थलमा कार्यरत कर्मचारीले म्यान पावर व्यावसायीहरुको मिलेमतोमा नगद लिएर एन ओ सी जारि गर्ने गरेका छन । आफुहरुले नगद नबुझाए सम्मको एन ओ सी जारी नगर्ने गरेको एक म्यानपावर ब्यावसायीले बताए । सिपको अभावमा रहेका नेपाली चेलीहरुबाट दलाल , विमान स्थलमा कार्यरत कर्मचारी र दुतावासको कर्मचारीको मिलेमतोमा अबैध रुपमा मानव तस्करी हुने गरेको छ ।

तपाईको प्रतिक्रिया