- गोपाल पोखरेल

विराटनगर,११ पुस : चर्चीत निर्देशक दिपाश्री निरौलाको कान्छो भाईले रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका छन ।
कानुनमा स्नातक गरिरहेका अतित निरौलाले प्रवेश तिम्सीनाको निर्देशनमा तयारी खरानीको डोरी नामको नाटकबाट दिपा श्रीका भाई अतितले अभिनय यात्रको आरम्भ गरेका हुन । उक्त नाटक आरोहण गुरुकुल विराटनगरमा मञ्चन भईरहेको छ ।
सो नाटकमा उनले काजिको भुमिका निर्वाह गरेका छन । कानुन विषय अध्ययान गरेपनी चलचित्रमा अभिनय गर्ने अतितको धोको छ ।
निरौला संगै अभिनय गर्ने कलाकारहरुलाई समेत उनि दिपा श्रीका भाई हुन भन्ने थाहा छैन । नाटक हेर्न जाने धेरै दर्शकलाई काजिको अभिनय गर्ने निरौला दिपा श्रीका भाई हुन भन्ने थाहा हुने कुरै भएन । सो नाटक रुपान्तर संञ्चारकर्मी दिपक कट्वालले गरेका छन ।

तपाईको प्रतिक्रिया