- राज कुमार लिम्बू

पुष १६,किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका मोरङका अध्यक्ष समक्ष ज्ञापन पत्र बुझाएको छ।केराबारी गाउँपालिकाले शिक्षा ऐनमा भएको प्रावधान अनुसार स्थानीय विषयबस्तु र स्थानीय अनवस्यकताको आधारमा निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रममा स्थानीय बहुसंख्यक मातृ भाषाहरुलाई बेवास्ता गरिएकोमा ध्यानाकर्षण भएको भनी ज्ञापनपत्र बुझाईएको हो।
यस गाउँपालिकामामा लिम्बू भाषीहरुको बाहुल्यता रहेको तीन वटा विद्यालयहरुमा लिम्बू भाषा (आ:नि पा;न) पठनपाठन भईरहे छ। नेपाल सरकारले स्थानीय स्तरमा मातृभाषाको पाठ्यक्रम, पाठ्य पुस्तक निर्माण गरि पाठन पाठन गर्नको लागि नेपालको संविधान २०७२ को धारा ३१ को शिक्षा सम्बन्धी हकको उपधारा ५ र धारा ३२ को भाषा संस्कृती सम्बन्धी हकको उपधारा ३ को कार्यान्वयन अनुसार बन्दै गरेको स्थानीय पाठ्यक्रम सङ्गै लिम्बू भाषाको पाठ्यक्रम पनि समेटिनु पर्छ साथै विभिन्न आदिवासी जनजातिहरुको भाषा,धर्म,संस्कारलाई ओझेलमा पारिनु हुदैन,यसको संरक्षण,सम्बर्धन,उन्वयन गर्ने जिम्मेवारी स्थानीय सरकारको भएकोले त्यस सम्बन्धि ध्यानाकर्षण गराउदै ७ अोटा किरात लिम्बू जन्य संस्थाहरुले संयुक्त रूपमा केराबारी गाउँपालिका अध्यक्ष श्री रोहित बहादुर कार्की समक्ष ज्ञापन पत्र बुझाएको हो।
ज्ञापनपत्र बुझाउने किरात लिम्बू जन्य संस्थाका प्रतिनिधिहरुमा किरात याक्थुङ चुम्लुङ,केराबारी,मोरङका अध्यक्ष श्री छत्रकुमार चेम्जोङ,आनिपान शिक्षक समाज,केराबारी, मोरङका अध्यक्ष श्री राजकुमार चबेगु, किरात धर्म तथा साहित्य उत्थान संघ,केराबारी,मोरङका अध्यक्ष श्री फिपिराज इवाहाङ, याक्थुङ लेखक संघ,केराबारी ,मोरङका शुक्र अाङ्देम्बे, किरात साम्यो नालिफुङ्वा केराबारी,मोरङका मन्जु चबेगु
शिक्षक तथा बुद्धिजिवि, श्री खड्ग मिभक,श्री प्रेम लाअोती,सरिता चबेगु र याक्थुङ साप्सकेन संजुम,केराबरी, मोरङका अध्यक्ष श्री डिल्ली लिङ्दम रहनुभएको थियो।

तपाईको प्रतिक्रिया