विराटनगर,२ चैत विराटनगर महानगरपालिकाका उप–प्रमुख कार्कीले बुधबार एकै दिन तिन वटा कार्यक्रममा सक्रिय सहभागिता जनाउनुभएको छ ।
उहाँको सफल उपचार पछी गृहनगर फर्कीनुभएकी उप–प्रमुख कार्कीले जनताको सेवामा सर्मपीत सेवालाई आत्मासाथ गर्दै एकै दिन तिन वटा कार्यक्रममा सहभागिता जनाउनुभयो ।

विराटनगर विमान स्थलमा सेनेटरी प्याडको सहजरुपमा उलब्ध गराउने कार्यक्रमको उद्घाटन गर्नु भयो । चेक जाँच पछी विमानस्थलमा महिलाहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड विमानस्थलमा सहजै नपाईने हुनाले क्वाईन प्रणलीबाट प्याड उपलब्ध गराउने प्रणलीको रिवन काटेर उद्घाटन गनुभयो । रेड फाउन्डेशनको आयोजनामा विराटनगर मिनस्थालमा बुधबार एक समारोहका बिच उप–प्रमुख कार्कीले सो कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उप–प्रमुख कार्कीले महिलाहरुकालागी अत्यन्त अवाश्यक सेनेटरी प्याड सहजरुपमा उपलब्ध हुनु राम्रो काम भएको बताउनुभयो । उहाँले रेड फाउन्डेशनको सेनेटरी प्याड सहजरुपमा उपलब्ध गराउने कार्यको खुलेर प्रशंसा गर्नुभयो ।

त्यसैगरी उप–प्रमुख कार्कीले बुधबार नै विराटनगर ११ ले आयोजना गरेको महिला शशक्तीकरण मानवअधिकार र आगामी निर्वाचन सम्बन्धी विषयक अन्तरक्रीया कार्यक्रममा सहभागि हुनुभयो । सो कार्यक्रममा बोल्दै उप–प्रमुख कार्कीले महिला हिंसा अमानविय कार्य भएकाले त्यसको निराकरणकालागी सबैमा चेतना जगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सबैले महिला हिंसा मुक्त समाज निर्माणमा सहजिकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

बुधबार नै विरनटनगर महानगर पालिका र करुण फान्डेशनको त्रिपक्षीय समाझदारीमा संञ्चालीत अपांगता रोकथाम तथा तथा पुनरस्थापना कार्यक्रममा सहभागि हुनुभयो । उप–प्रमुख कार्की आसन्न स्थानीय चुनाउमा विराटनगर महानगरपालिकाको प्रमुखको बलीयो दावेर हुनुन्छ । उप–प्रमुख भएकाले पनी उहाँले मेयरमा पार्टीले टिकट दिने बिस्वास गरिएको छ । पार्टीले उहाँलाई टिकट दिए चुनाउ जित्ने निश्चीत छ ।

तपाईको प्रतिक्रिया