काठमाडौको जयबागेश्वरी स्थित गोल्डेन लाईट पार्टी प्यालेसमा बाम लोकतान्त्रिक गठबन्धन संयुत्त उमेदवार भेटघाट कार्यक्रम सम्पन भयो।
नेकपा माओवादि केन्द्र सुनकोशी काठमाडौ सम्पर्क समिति र
नेपाली काङ्ग्रेस सुनकोशी काठमाडौ सम्पर्क समितिद्रारा आयोजित कार्यक्रमका प्रमुख अतिथि माओबादी नेता तथा सिन्दुली ईन्चार्ज राजन दाहाल हुनुहुन्थ्यो ।

सुनकोसी गाउँपालिका अध्यक्षका उमेदवार दिपा बोहरा दाहाल उपाध्यक्षका उमेदवार कपिल कोइराला र सबै वडाका वडा अध्यक्षका उमेदवारहरुको उपस्तिथि रहेको थियो ।आजको बाम लोकतान्त्रिक गठबंधन सयुक्त उम्मेदवार भेटघाट कार्यक्रममा सिन्दुलिबाट काठमाडौमा विभिन्न पेसा ब्याबसाय गरि बस्ने, मजदुरी गरि बस्ने र अध्यानको लागि सिन्दुलिबाट काठमाडौ आएका विद्यार्थी लगायतको बाक्लो उपस्थित थियो ।
कार्यक्रम सानदार ढंगबाट सफल बनाउन भएको आयोजकको दाबी छ। सो कार्यक्रम बोल्ने बक्ताहरुले सिन्दुलिको सुनकोशी गाउँपालिकामा बामलोकतान्त्रिक गठबन्धनलाई जिताउनु पर्ने बताए । सो कार्यक्रमका प्रमुख अतिथी तथा सिन्दुली जिल्ला इन्चार्ज राजन दाहालले नेपाली काङ्ग्रेस र नेकपा माओबादी केन्द्र नै देशको मुलधारका राजनीतिक पार्टी भएकोले जनताले पनि भोट यो गठबन्धनलाई दिने ठोकुवा गर्नु भयो।

तपाईको प्रतिक्रिया