यो दुनियाँ बडो अचम्मको छ
सब कुरा पाएरपनी हास्नका लागि समय छैन
दिन रात भागेको यो दुनियाँको लागि
तर आफ्नो जिन्दगीको लागि समय छैन ।

आमाले माया गरेर खाना खेलाउनु भएको
ती याद हरु त छन
तर आमा लाई आमा भन्ने समय छैन
बाबाले औंला समाएर डुलाएका
ती याद हरु त छन् ।

तर बाबालाई बाबा भन्ने समय छैन
अरुको त के कुरा गर्नु
जब यहाँ आफ्नो लागि समय छैन।

मोबाईलमा सारा नाम हरु छन
तर मित्रताका लागि भने समय छैन।
आखामा निद्रा धेरै छ
तर सुत्नका लागि भने समय छैन।

मन दुख र पीडाले भरिएको छ
तर रुन का लागि समय छैन
पैसाको पछाडि यती भगेका छन कि
आराम गर्नका लागि समय छैन
आफ्ना आफन्त को कुरा त क गर्नु
जब आफ्नो लक्ष्यको लागि समय छैन।

तपाईको प्रतिक्रिया