डा. चिन्तामणी योगीको प्रवचनबाट प्राप्ति गरिएका केही सन्देश: चन्द्र कान्त पण्डित.
काठमाडौको चाबहिल स्थित पशुपति मित्र माध्यमिक विद्यालयमा केही नयॉ कुराहरु पस्कदै विद्यलायमा दिलाइने शिक्षालाई परिस्कृत गर्ने सम्बन्धमा २०७९।०३।०५ गतेका दिन डा. चिन्तामणी योगीलाई बोलाई उहॉको मुखारविन्दुबाट शिक्षक तथा केही प्रतिनिधि विद्यार्थी , विद्यालय व्यव्स्थापन समिति, शिक्षक अभिभावक संघ र केही नजिकैका छिमेकी विद्यालयका शिक्षकहरुको बीचमा रोचक र ज्ञानवर्दक प्रवचन दिलाएकामो आभार व्यक्त गर्दछु एक सहभागीको हैसियतमा ।
उहॉले भन्नुभयो नेपाल नाथहरुले सृजना गरेको देश हो । नेपाल पशपतिनाथ,गोरखनाथ, वौदनाथ, आदित्यनाथ आदिको रुपमा परिचित छ । कति सुन्दर छ नेपाल । उहॉले बीच बीचमा जोडेका श्लोकहरुले श्रोतागणमा जिग्यासा बढेको थियो । सवैको मुहारमा चमक थियो । विद्यार्थी भाइवहिनीहरुको प्रतिक्रिया मनोहक रह्यो ।
उहॉ भन्दै हुनुहन्थ्यो मान्छे आफैमा ब्रहमाण्ड हो कही केही कुराको लागि भौतारिरहन पदैन । प्रत्येक व्यक्तिले आफुभित्र रहेको ब्रहमाण्डलाई बुझ्नुपर्छ महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैं गरी मानिसको शरिर नै मन्दिर हो । मन नै मुर्ति हो त्यसैले मन्दिरमा जानुको सट्टा मानिसको मनलाई सन्तुष्टी पार्न सके धर्म त्यही मिल्छ । उहॉले त अझ बढेर कृण्णको वाल लिलालाई सम्झाउने गरी भन्नु भयो: मानिसको शरिर ब्रहमाण्ड हो ब्रहमाण्डमा पाइने सवै कुरा मानिसको दिलमा पाइन्छ । त्यसैले सवैले भन्न सक्नुपर्छ ः
म महान व्यक्ति हु‘,
म फरक हु‘,
म विशिष्ट व्यक्ति हुँ भन्न सक्नुपर्छ मलाई कसैले हराउन सक्दैन, सक्छ भने त्यो मै हो, ब्रहमाण्ड नै मै हो भन्न सक्नपर्छ र सोही अनसार गर्न सक्नुपर्छ । वाहिरी संसारमा भएका सवैथोक आफुसँग छ भन्न सक्नुपर्छ । प्रत्येकले आफ्नो घरलाई मन्दिरको रुपमा लिन सक्नुपर्छ । अनि त्यो घरलाई परिवार बनाउन सक्नुपर्छ । घरमा पुगेपछि आनन्दको बाटो खोज्नुपर्छ । उहॉले थप्नुभयो ः
अंहम ब्रह्म अर्थात म आफै ब्रहम हो भन्न सक्नुपर्छ । ठीक त्यसरी नै प्रत्येक शिक्षकले पनि विद्यलायललाई पनि मन्दिरको रुपमा स्वीकार गर्न सक्नुपर्छ । गलत ऑखाले कुनै पनि विद्यार्थीलाई मुल्यांकन गर्ने शिक्षक शिक्ष्ँक हुन सक्दैन । कक्षा कोठामा छिर्दै गर्दा मुस्कान दिन नसक्ने शिक्षक शिक्षक हुन सक्दैन । विद्यार्थीको भावना वुझ्न नसक्ने शिक्षक शिक्षक रहन सक्दैन । शिक्षकले त विद्यार्थीको आनी वानी र जटिलतालाई वुझेर उनीहरुको सोचमा परिवर्तन गर्न सक्नुपर्छ । शिक्षकले त विद्यार्थीको मुहारमा हॉसो ल्याउन सक्नुपर्छ क्रोधलाई दिलदेखि हटाउनुहुन्छ ।
उहॉले शिक्षकतिर हेर्दै सोध्नुभयो ः
कक्षा कोठामा हल्ला गर्ने , दुख दिने कुनै विद्यार्थीलाई एक मिनेट समय वेग्लै दिनुभयो । विद्यालयको समयभन्दा केही समय अगाडि पुग्नुभयो । आदि आदि असाध्यै मार्मिक वचनवाणीले पशुपतिका शिक्षक तथा विद्यार्थीलाई सिंचित गर्नुभयो ।
शिक्षकले त मानिसलाई सत मार्गमा हिडाउनको लागि नर्कमा गएर भने पनि उसको मुक्ति दिलाउन सकिन्छ भने त्यहा ‘पनि जान तयार हुनुपर्छ । शिक्षक पेशामा पुग्ने गरी पैसा नआउने भए पनि प्रत्येक शिक्षकको पविारमा खुशी थपिदिने माध्यम यही नै हो । वस्ने वास देखि घरको गास अनि छोराछोरीको विविध कार्यक्रम विवाह वा अन्य भोजको साधन पनि यही हो । त्यसैले यसलाई इज्जत गर्न सक्नुपर्छ ।
सवैले बुझ्न सक्नुपर्छ आज संसारमा बढ्दै गरको अपराधको मुल कारण उसको धारणा हो । उसले आफैंसँग अन्तरअंग गर्न सकेको छैन । आफैले आफैसँग सम्वाद गर्न सक्ने सकेको छैन । आफ्नो परिवारसँग सम्वाद गरेको छैन । त्यसैले भौतिक सम्पन्नताले शिखर चुमेको मुलुकमा दिनदिनै मानिसको हत्या भैरहेको छ । नाति नातिनातिनाले आफ्नै हजुरवुवा हजुरआमा , शिक्षक कसैलाई वाकी राखेका छैनन । सवैलाई गोली चलाएका छन । शहर शहहरमा हतियार वेचविखन भैराखेको हुन्छ किन ? किनकि त्यहॉ मानिसले मानिसस‘ग सम्वाद गर्न जानेका छैनन् । आत्महत्या गर्नेहरुको संख्या पनि बढिरहेको छ हिंसा? किन ? किन कि त्यहॉ मानिवीय समवेदना छैन । मानिसले मानिसस‘ग सम्वाद गर्दैनन । कार्यालयमा पनि आफ्नो एक्लोपनबाट टाढा रहनको लागि बढी समय खर्चिरहेका हुन्छन ।
पूर्वीय दर्शन महान छ । प्रत्येक घर घरमा विहान उठ्नेवित्तिकै सानाले ठूलोलालाई ढोग्नेचलन छ । दिनको सुरुवात नै सम्वादबाट भएको छ । जहॉ भजन किर्तनहरु गरिन्छ नि अहिलेको विर्सने रोग अलजायमर नजिक पर्नै सक्दैन त्यसैले भजनको अभ्यास भगवानको उपासना मात्र नभएर मानिसलाई रोगबाट उनमुक्ति दिलाउने साधन पनि हो । हामी त्यसैमा धनी छौ । कोभिडको महामारीमा पनि हामी त्यती धेरै दुखी हुनपरेन जति भौतिकतामा रमाउने पश्चिामाहरु प्रत्याडित भए ।
जति सक्छौ त्यत्तिनै झुक्ने गर । किनकि झुकाइमा नै जीवन छ । एउटा लासलाई हेर त के झुक्छ त ? उहा थप्नुहुन्छ प्रतिस्प्रधा आफैसँग गर । अरुसँग होइन । सवैभन्दा उत्तम हुने प्रयास नगर तर झन राम्रो बन्ने कोशिश गर ।सकरात्मक प्रतिसप्रधा आफैसँग गर तर नकरात्मक प्रतिस्प्रधा अरुसँग गर । अरुलाई बदल्छु होइन महात्मा गान्धीले भने झै आफै बदलिने गर । आफु जव बदलिन्छ संसार आफै बदलिन कर लाग्छ ।
दिनभरीको थकान पश्चात घरमा पुग्दा विस्तारै ढोका खोलेर मात्र भित्र छिर्नु । घरमा भएका छोराछोरीले भन्नपर्छ । दिनको सुरुवात सधै भगवानप्रति कृतज्ञ हुँदै मीठो दिनको लागि प्राथना गर्दै, दिनभरीको योजना बुनिसकेपछि ऑखामा मसाज गर्दै विस्तारै ऑखा खोलेर विस्तारबाट केही आडेस लिएर विस्ताराबाट गोडा तल झार्दै , केही क्षण गोडा हल्लाउने र आफ्नो नित्यकर्म सुरु गर्ने ।
उहॉले भन्नुभयो सवैको भलो हुने कार्यमा लाग्नुपर्छ ।
भन्न सक्नुपर्छ ः
मातृदेवो भव ः
पितृदेवो भव ः
गुरु देवो भव ः
मित्र देवो भव ः
अर्थात सवैलाई भगवानको रुपमा स्वीकार गर्न सक्नुपर्छ । अनि आदार गर्न सक्नुपर्छ । अरुको कल्याण सोचे मात्र आफ्नो पनि कल्याण हुनेछ । अर्थात जे रोपे त्यही उम्रने छ । मनमा शान्तिको वास हुनुपर्छ । अरुको कल्याण सोचिन्छभने मात्र आफ्नो पनि कल्याणकारी कारी कार्य हुने छ । अरुको रिस राग र द्वय राखिन्छ भने प्राप्ति पनि त्यही नै हुनेछ । त्यसैले यसबाट बाहिर निस्कन सक्नुपर्छ । सवैले आफ्नो कर्तव्य पालना गर्नुपर्छ । अरुको चित्त दुखाउने कार्य गर्नुहुदैन । आफ्नो स्थानको पहिचान गर्नसक्नुपर्छ र सोही अनुसार चल्नुपर्छ । द्वन्दको सुरवात नै एकले अर्काको मर्मलाई नबुझिदिनु हो । आ आफ्नो स्थानमा रही सवैले आफ्नो कर्तव्य पुरा गरेमा सवैको कल्याण हुनेछ ।
आज हामीले सम्झने राम वैभवशाली रामलाई होइन । हामी ती रामलाई सम्झने गर्छौ जुन रामले वैभवशाली दरवारको सुखसयल त्याग गरी आफ्ना वुवाको वचनलाई सार्थक तुल्याउनको लागि जंगलको वनवासी जीवनलाई स्वीकार गरेका थिए । त्यसैले त त्यागमा मान , सन्मान र प्रतिष्ठा छ । आजको राजनितिमा गणेशमान उच्चकोटीका राजनितिज्ञको रुपमा छन किन ? किनकि उनले प्रधानमन्त्री त्यागेका थिए ।
सुदामा त्यत्तिकै लोकपृय छन ? किन ?
किनकि ः
उनले गलत मार्गमा हिडेका राजालाई उनको कृष्ण भक्ति र वशुन्धराको पतिवर्तताको शक्तिले निर्जन वृन्दापुरीलाई कृष्णको कृपास्वरुपम पुराका पुरा दरवारै दरवारको शहर, आफैले गलहत्याएको सुदामालाई आफ्नो श्रीपेच लगाई वृन्दापुरीको राजा वनाई आफु उनैको प्रजा बन्नको लागि तयार भएको कथालाई बुझ्ने चेष्टा गरेमा आजको संसारको द्वन्द समाप्त हुनेछ । त्यसैले त प्रत्येकले बुझ्नसक्नु ः
उ के को लागि हो ?
उसको स्थान के हो ?
यदि घरको नातिले आफुलाई हजुरवुवा ठानी हजुरवुवालाई उसको खुट्टा ढोगाउने कोशिश गर्छ भने के त्यो नाति नाती रहला त ? के उसले सामाजिक सन्मान पाउला त ? के उसको अगाडि हॉसिदिने हॉसो मुस्कान होला कि ङिच्च हॉसो होला ठम्याउनुपर्छ ।
त्रेता युगका रामायणका लक्ष्मणले आफु भाइ भएकोमा केही निर्णय लिन नपाएकोमा उनीले दाइ बन्नको लागि पनि पुरै युग कुर्नु परेको थियो । तीनै लक्ष्मण रामको कृपास्वररुप द्वापर युगमा बलराम कृष्णको दाइ भएर आएका थिए । त्यसैले समयभन्दा पहिले कहिल्यै पनि कुनै पद वा स्थानको आस गर्नु लोभ हो । जव मानिसमा लोभले स्थान लिन्छ , त्यसले दुर्घटना निम्ताउँछ । लोभले लाभ र लाभले विलाप ।
योगीले थप्नुभएको थियो ः
मातृदेवो भव ः
पितृदेवो भव ः
गुरु देवो भव ः
मात्र भएर हुदैन । प्रत्येकले भन्न सकनुपर्छ ।
मित्र देवो भव ः
मित्रता पनि कृष्णको मित्र सुदामा वा अर्जुन जस्तै । मित्रको लागि सवै कुरा त्याग्न सक्ने । तर अन्धकार कोठामा वसेर आफ्नो भलाइको लागि कुनै षणयन्त्र रच्ने व्यक्ति मित्र बन्न कदापी सक्दैन । मित्रको नाममा कलंक बन्न सक्छ । मित्र धर्मको नाममा कर्णले दुयोधन अधर्मको मार्गमा छन भन्ने जान्दाजान्दै पनि साथ दिएका थिए । त्यही मित्र धर्मकै नाममा आफुलाई पनि युद्दमा आहुती दिएका थिए । एक मित्रले अर्को मित्रलाई विना पुर्वाग्रह गरिएको सहयोगलाई पनि बुझ्न सक्नुपर्छ । मनमा कुण्ठा र पुर्वाग्रही भएर साथीको सहयोगलाई बुझ्न सकिदैन र सोच्न सकिदैन भने यसले छोटो समयमा नै दुर्घटना निम्ताउन सक्छ । यो सचेत नागरिक सवैले बुझ्नै पर्छ । एक मित्रले अर्को मित्रको विरुद्दमा केही षणयन्त्र रच्ला तर गलत मनसायले गरिएको षणयन्त्रले केही प्राप्ति होला तर प्राप्ति पछिको क्षण सुखदायी हुनसक्दैन ।
महाभारतमा शकुनी दुर्योधनको मामाको रुपमा आए । कौरवको वंश विनासको खेलमा अदृश्र्य रुपमा लागिरहे । पाण्डवको वेलावेलामा अपमान गर्न पनि सफल भए । तर जति सफल भए पनि आफु पनि युद्दको शिकार बन्नै पर्यो । हो रिसराग त्यागी आफ्नो स्थानमा रही मित्रलाई मित्रकै रुपमा स्वीकार गर्न सकेमा वा मित्रलाई पनि भगवानको रुपमा स्वीकारेमा उसलाई अप्ठयारो पर्दैन । त्यसैले भन्न र स्वीर्कान सक्नुपर्छ मित्रदेवो भव ः
अर्थात असल मित्र भगवान सरह हुन्छन । उनीलाई त्यही रुपमा स्वीकार्न सक्नुपर्छ ।
योगीले अर्को प्रसंगमा भन्नुभयो ः
सवैलाई सन्मान गर्न सकेमा मात्र आफ्नो सन्मान हुनेछ । सन्मान अरुले दिने होइन ः आफुले अरुको सन्मान गरिन्छ भने नतमस्तक भएर अरु पनि आफुलाई सन्मान गर्ने छन । मानिसभित्र जव कुण्ठा भरिएको हुन्छ , पुर्वाग्रह भरिएको हुन्छ , आफुलाई योग्य वनाउन सकेको हुदैन र मानव सोचलाई बुझ्न सक्दैन अल्पज्ञानको भरमा आफुलाई अरुभन्दा फरक देख्नथाल्छ अनि द्वन्दको सुरुवात हुन्छ । जव द्वन्द हुन्छ नोक्सान दुवै पक्षलाई हुन्छ । महाभारतको युद्द । परिवारभित्रको युद्द थियो तर पछि गएर यसले उग्र रुप लियो, धर्मको नाममा युद्द भयो । आखिर धर्मले विजय प्राप्ति गरेपनि कोही बाकी नरहेपछि त्यो धर्मलाई कसरी बुझ्ने । यसको गहिराई गहिरो छ । ठीक त्यसरी नै कैकैको पृय राम थिए , रामले उनको सधै इज्जत गरे, सन्मान गरे तर तीनै कैकैले रामलाई मन्थराको उक्सावटमा लागेर भरतलाई राजा वनाउनको लागि वनवास पठाउन लगाइन तर आफ्नो छोरा भरतले नै आफ्नो आमाको कार्यप्रति असन्तुष्टि पोखेपछि उनले जीवनभर र जीवन पश्चात पनि एक गलत पात्रको रुपमा त्यती ठूलो विरङगनाले पहिचान वनाउन पुगिन । त्यसैले लोभले लाभ र लाभले विलाप भित्राएको हुन्छ । यो कलियुगका मानिसले बुझ्नैपर्छ । फेरी बुझ्नुपर्छ ः रामले हनुमानलाई मित्र बनाए, शुग्रिभलाई मित्र बनाए , सवरीलाई सन्मान दिलाए । ती सवै कुराहरु १४ वर्षे वनवासको कालमा गरे । हामी तीनै रामको याद गर्दर्छौ । त्यसैले रामको वनवास त्याग र समर्पणको कथा हो । त्यही कथामा मान र सन्मान छ । हामीले पुज्ने राम पनि वैभवशाली रामलाई होइन वनवासी रामलाई नै हो ।
योगीले अर्को प्रसंगमा भन्नुभयो ः
मानिस आफैस‘ग अन्तर¨ सम्वाद गर्न सकिरहेको छैन र कोभिड जस्ता महामारीमा एक्लीएको हुन्छ र कालान्तरमा डिप्रेशनमा पुग्दछ । त्यसैले आजको आवश्यकता आध्यात्मको मार्ग हो । त्यही मार्गमा लाग्नुपर्छ । ध्यानमार्ग , भक्ति मार्ग ।
योगीले अर्को प्रसंगमा शिक्षकलाई संकेत गर्दै भन्नुभयो ः
तपाईंहरुले विषयको ज्ञान दिनु ठूलो कुरा होइन तर तपॉईले प्रदान गरेको शिक्षाले कति जनाको सोचमा परिवर्तन आयो । उहॉले त्यही प्रसंगमा भन्नुभयो ः अमेरिकामा एक जना महिला आफ्नो श्रीमानस‘ग पारपाचुके माग गरिन रे ?
किन?
किनकि एकैजना श्रीमानस‘¨ २० वर्ष विताए । अव कति विताउने भनिछन् ।
यो मात्र त होइन नि कारण ?
उनीले थपिछिन ः
जव म वाहिर जान्छु हनि तिमी आउन ? तिमी विना म रहन सक्दिन । म तिमीलाई कति माया गर्छु भन्ने गर्दारहेछन । उनलाई स्वतन्त्रताको आभास हुदोरहेनछ । अनि उनको श्रीमान पनि घरमा ढिलो आएपछि उनको शरिर भद्दा भएको कारणले उनीलाई श्रीमतीस‘ग वाहिर जानमनलाग्दोरहेनछ ।
योगीले थप्नुभयो ः
ए अहिलेको श्रीमानले त हनि तिमीलाई प्रेम गर्छु भन्नुहुदोरहेछ । ल तपाइले उस‘ग पारपाचुके गरेर अर्को लोग्ने वनाएको अवस्थामा उसले घरबाट बाहिर गइ ढिलो गरी घरमा आउने र तपाई बाहिर जादा तपाईंलाई हनि तिमी आउन ? तिमी विना म रहन सक्दिन । म तिमीलाई कति माया गर्छु भनेर कल नगरिदिदा तपाईं खुशी रहनसक्नुहुन्छ त भनी प्रश्न गर्दा उनी अलमलमा परिन रे । उनको मुहारमा पशिना देखिन थाल्यो रे । अनि उनीले योगीस‘ग अर्को भेट नभएसम्म स‘गै बस्ने वचन दिइन रे ।
ऋाजको आवश्यकता नै सम्वाद हो । प्रत्येक सदस्य बीचको सम्वाद । आजको आधुनिकीकरण मोवाइलल आदिले मानिसको बीचमा सम्बाद घटेको छ । सम्बादलाई बढाउनु जरुरी छ । सम्बाद शव्दमा मात्र होइन ऑखाले पनि गर्न सकिन्छ । तर कहिलेकाही‘ त नबोलिएको सम्बादमा छिपेको गहिरो अर्थ हुन्छ । त्यसैले शव्दले होस वा अंगले होस वा नबोलेर किन नहोस सम्बाद चाहिन्छ नै । उहॉ भन्नुहुन्छ ः
भवम भवानी सहितं नमामी
शिवम शिवामी सहितं नमामी ।
योगीले अर्को प्रसंगमा क्यान्सर रोगले आक्रन्त भएको र मृत्युवरणको लागि तयार भएको तर तीनै महिला उपचारको लागि तयार नभएको अवस्थामा अमेरिकामा सम्झाउनु भयो र भन्नुभयो रे ः
शरिरको जिम्मा डाक्टरलाई देउ मनको जिम्मा आफै लेउ भनेपछि केही समयपछि सॉझको खाना खाने समयमा ती महिलालाई नदेखेपछि सोध्नुभएछ खोइ ती महिला ?
जवाफ आयो उनी त डाक्टरलाई भेट्न गएकि छन । यसरी उनीले ती महिलाको सोचमा परिवर्तन भएको थियो । शिक्षाले गर्ने यही हो रुपान्तरणः सोचमा रुपान्तरण ।
मानिसले गाइएका गाना बदल्नुपर्ने छ ः
कहॉ दुख्छ घाउ होइन किन दुख्छ घाउ भन्नुपर्छ । जव घाउ दुखेको स्थान थाह हुन्छ उपचारले काम पनि गर्छ । नत्र उपचार पनि अर्थहिन हुन्छ । उहॉभन्नुहुन्छ ः उहॉका प्रत्येक शव्द र दृष्टान्तमा दर्शन छ , विज्ञान छ र तर्क पनि ।
फेरी भन्नुहुन्छ ः शुक्ष्म चिजमा शक्ति छ । अदृश्य जगत प्रभावशाली छ । देखेको कुरा गर्न भन्दा लुकेको कुरामा प्रभाव हुन्छ । उहॉ भन्नु हुन्छ ः
मंगलम् मंगलम् भवः
देह भंगलम् भव्ः
फेरी उहॉले गानाको माध्यमले अकार्षण गर्नुहुन्छ ः
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
जीवन ढल्न लागिसक्यो
खोइ बुझेको खोइ ?
घर बन्यो तर न्यानो परिवार खोइ ?
जीवन छ तर जीवनरस खोइ ?
उहॉथप्नुहुन्छ ः
धन अर्थात पैसा आवश्यकता हो तर मानिसलाई बदल्ने शक्ति होइन । मानिसलाई बदल्ने शक्ति त उसको सोच हो । सोचले नै व्यक्तिलाई परिवर्तन गर्छ, घरलाई बदलिदिन्छ र समाजलाई नै रुपान्तरण गरिदिन्छ ।
फेरी उहॉले गानामा नै भन्नुहुन्छ ः
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
छोराछोरी चराजस्तै भुर्र उडछेन् ।
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
इष्टमित्र संगीसाथी पर सरेछन ।
खोइ बुझेको खोइ ?
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
आफ्नो घाउ आफ्नो ऑशु आफै समालेर
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
जीवन ढल्न लागिसक्यो
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ
खोइ बुझेको खोइ ?
मेरो मेरो भन्दै हिड्यो मेरो भन्ने खोइ ?
त्यैसैले कुनै संस्था, संगठन, संघमा आफुलाई आफैले योग्य सोच्नको लागि त्यही अनुसारको स्थानमा आफुलाई उभ्याउन सकेमा मात्र त्यसको आश गर्नु शोभनीय हुन्छ, अन्यथा कुनै दिन गएर ठूलो सामाजिक अपमान सहनुपर्ने दिन आउन सक्छ ।
ऋाज प्रत्येक मानिसले बुझ्नुपर्छ विज्ञानले मात्र आजको मानिसलाई पुग्दैन । विवेकले मात्र हुदैन । वुद्दी चाहिन्छ । वुद्दीले नै विवेकको प्रयोग गर्ने छ । यसको लागि आध्यात्मको ज्ञान जरुर छ । आफ्नो पहिचानको जरुरत छ । त्यसैले भन्ने पर्छ अध्याभ्मविनाको विज्ञान अर्थहिन हुनेछ । विज्ञानलाई सही तरिकाले प्रयोग गर्न पनि अध्यात्मवाद जरुरी छ ।
लेखक: चन्द्र कान्त पण्डित शिक्षक तथा पूर्व नि.प्र.अ पशुपति मित्र माद्यमिक विद्यालय चाबहिल काठमाडौ नेपाल