काठमाण्डौं ।
गायक प्रेम गुरुङ्ग कान्छा र गायिका प्रिया गुरुङ्गको स्वरमा “तम तम ङोल्स्यो म्हिथेवा ” गीतको भिडियो सार्वजनिक भएको छ । लमजुङ्ग जिल्लामा जन्मेर अमेरिका रहेर नेपाली कला , सस्कार र सस्कृति जर्गेनाको लागी दिन रात जिवनको कुनै प्रवाह नगरि तमु समुदायको भाषा र सस्कृतिलाई जर्गेना गर्नुपर्छ भन्ने सोचका साथ आफु लागी परेको गायक प्र्रेम गुरुङ्गले बताए ।

केश बहादुर गुरुङ्गको शब्द तथा संगीतमा रहेको गीतमा गुरुङ्ग समुदाय भित्रको युवा युवती विचको प्रेमका भावहरुलाई समेटिएको छ । शम्भु मोक्त्तान र रविन थापा मगरको छायाँकन , बन्दे प्रसादको सम्पादन तथा भुपेन्द्र गुरुङ्गको निर्देशन भिडियोमा रहेको छ । आकर्षक रुपमा तयार पारिएको भिडियोमा प्रिया गुरुङ्ग र प्रेम गुरुङ्गको अभिनय देख्न सकिन्छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया