कृष्ण जन्माष्टमीको दिन चिन्तामणि नाथ योगीले शान्ति सेवा आश्रममा विभिन्न क्षेत्रमा कार्यरत प्रतिष्ठित व्यक्तिहरु बोलाई भगवान् कृष्णका विभिद पक्षमा स्पष्टताका साथ प्रवचन दिनुभयो। उहाँको प्रवचनको श्रवण मेरो लागि दोस्रो रह्यो।

कृष्णको वारेमा प्रवचन दिदै गर्दा महाभारतको युद्धलाई लाखौ लाख मानिसहरू मारिदा पनि यसलाई धर्म युद्ध किन भनिएको होला त? धर्ममा त हत्या वर्जित हुनपर्ने हो तर सन्सारका युद्धलाई हेर्ने हो भने महाभारतको युद्धमा मारिए जति मानिस, घोडा र हात्ती अन्य कुनै युद्दमा मारिएका छैनन् होला। तर पनि यो धर्म युद्ध नै हो किनकि?

१. यस युद्ध झट्ट हेर्दा घरायसी कल नै हो। घरायसी कल कति विनासकारी हुन्छ त ? जव घरका सदस्यका बीचमा अंहकारले स्थान लिन्छ र जिम्मेवारी लिनुपर्नेले सही निर्णय लिन सक्दैन अनि द्वन्द बढ्दै जान्छ र यसले उग्र रुप लिन्छ जसको कारणले वंश नै विनास हुन्छ। भिष्म पितामहको प्रतिग्या उनले आफ्नो बुबाको खुशी लागि भनि पुत्र धर्मको आधारमा गरिएको प्रतिग्याले अन्तत उनको पुरा जिन्दगी तनाबमै रह्यो। त्यतिधेरै धर्मका ग्यास हुँदाहुँदै द्रौपदीको वस्त्रहरणको बेलामा समेत चुप रहन पर्यो। एक नारीमाथि गरिएको त्यति ठूलो हस्तिनापुरको भेलामा हस्तिनापुरका हस्तिहरुको बीच गुरु भएर नुनको सोझो गरिरहे गुरु द्रोणाचार्य अत्याचार पुत्र मोहमा डुबेका धिर्तराष्ट्रले आफ्नो छोरा दुर्योधन र दुशासनलाई लगाम खिच्न नसक्नु, अर्काको परिवारमा शकुनि जस्ता मामा प्रवेश गरी आफ्नो स्वार्थ पूर्तिको लागि चालिएका कदमले अन्तत आफ्नो विनास हुन्छ भने कुराको हेक्का नहुनु र कर्ण जस्ता महावीर पनि स्त्री जातिको सम्मान गर्न नसक्नु। मानिसले हुलको आवाजमा निर्णय लिन्छ वा अपराधीक कृयाकलापमा पनि चुप लाग्छ, त्यो अधर्मको मार्ग हो। अर्थात् कुनै संघ, संगठन र संस्थामा पनि आफु बच्नको लागि गलत निर्णय गर्छ भने त्यो पनि अधर्मको बाटो हो। आजको दलिय राजनिति भित्र निश्चित व्यक्तिको स्वार्थ पूर्ति गरिदिनको लागि गरिएको चुनावी तालमेल गलत छ, र यो अधर्मको मार्ग हो। कुनै राजनैतिक दल आफ्नो घोषणा पत्र लिएर जान सक्दैन र आफ्नो चुनावी चिन्हमा मत माग्न सक्दैन भने त्यो महाभारतको युद्ध र अहिले चुनावी तालमेलको बीचमा केही भिन्नता छर? चुनाव त जनताको आवाज बोलिदिदाखेरी एकल रुपमा लडेपनि जित्नसक्दा रहेछन त। हर्कसाम्पाङ, बालेन र हमालले देखाइसके। तालमेल सरकार बनाउँदा आफ्नो दलको संख्या नपुग्दा मात्र गर्ने हो। यदि चुनावी साँठगाँठमा नै जानेहो भने। चुनाव नै किन चाहियो? त्यसैले अहिलेको गठबन्धन पनि करिब करिब त्यस्तै अपृय घटनाको कारक बन्न सक्छ। भन्ने दलिय व्यवस्था आचरण निर्दलीय। यो मार्ग गलत छ। केही नेताको स्वार्थको लागि आफ्ना सदस्यको मतलाई बेच्न र बन्दक राख्न पाइदैन। आजको राजनीतिमा धेरै शकुनी जन्मिएका छन्। शकुनिको जन्म हुन, निति र नियमलाई लत्याइ कुनै व्यक्तिको पिच्छुलग्गु बन्नु र गलत कार्यमा उक्साउन र सोही अनुसार निर्णय गर्नु गलत मार्ग हो, अर्थात् अधर्मको मार्ग।

२. महाभारतको युद्ध मैदानमा पुगे पछि आफ्नो भिष्म पितामह, गुरु द्रोणाचार्य, र अन्य सबै आफन्तजन देखेपछि युद्ध गर्न नचाहेपछि कृष्णले प्रत्येक व्यक्ति फरक हो, कसैको पनि मृत्युहुदैन केबल नासवान शरिरको मात्र मरण हुने हो। नातागोता पनि भ्रम मात्र हो। व्यक्ति भित्र पलाएका अंहकार , लोभ, लालच, , इर्श्या जस्ता मानवीय अवगुणको विरुद्धको युद्ध हो। जव अर्जुनले सांसारिक भ्रमको ग्यान भयो तब मात्र युद्ध भयो। त्यसैले यो युद्ध मानवीय अवगुणको अन्त्य गर्नको लागि सांकेतिक रुपमा सबै मानब जगतलाई बुझाउनको लागि गरिएको युद्ध हो।
यस युद्धमा बाहिरी आँखाबाट हेर्दै गर्दा धेरै प्रश्न उठ्ने गर्छन। स्वयं भिष्म पितामहले कृष्णसँग सोधिएका प्रश्नहरुको जबाफ दिदै धर्मको रक्षाको लागि गरिएका जुनसुकै कार्य पनि धर्म संगत हुन्छन् भनिएको छ।

कृष्ण चरित्रलाई अध्ययन गर्दा ग्यानको मार्ग भन्दा भक्तिको मार्ग शक्तिशाली हुन्छ भन्ने सन्देश वृन्दापुरीमा नारायणको नाममा हुमादी गरिरहेका ब्राह्मणले स्वयं कृष्ण पुगी गोपहरुको लागि केही भोजन माग्दा वास्ता नगरेको, तर तीनकै ब्राह्मणीहरुसँग खानेकुरा माग्दा खुशी भएर दिएको दृष्टान्तले यसलाई स्पष्ट पारेको छ। कृष्णले ब्राह्मणीहरुसँग सोध्नुभयो। यग्यको प्रसाद हामीलाई दिएपछि के राख्नुहुन्छ त?

उनीहरूको भनाइ रह्यो:
हाम्रो अर्पण र पुजा नारायणको नाममा थियो। स्वयं नारायणको उपस्थित यहीं भएपछि के को चिन्ता?

कृष्णले बलराम लगायत अन्य गोपालहरुलाई भन्नुभयो:
ब्राह्मणहरु श्लोक कण्डस्थ छ, हुमादि गरिरहेका छन, ग्यान पनि छ, तर त्यो ग्यान प्रयोग गर्न सकेका छैनन्। तर तीनैका ब्राह्मणीहरुमा अक्षर पढेका छैनन तर उनीहरुको भगवान् प्रतिको समर्पण छ। जसले गर्दा उनीहरुले चिनेर आफ्नो ग्यानको प्रयोग गरे जसरी उतथ्य सधैं साचो बोल्ने भएपनि जँगली बदेल बचाउनको लागि बँदेलको वारेमा सही जानकारी नदिई उसलाई बचाउनको लागि झुट बोले पनि त्यो सही थियो भनी भगवान् महादेवले परीक्षा पास भएको भनी बरदान दिनुभयो र माता पार्वतीको कृपाले महामुर्ख पनि महाविद्वान बन्नुभएको थियो। त्यसैले भक्तिमा शक्ति छ।

त्यसो भए भक्ति भनेको केहो त?
कुनै बस्तु, चिज, सेवा वा उत्तरदायित्व प्रतिको समर्पण हो।
समर्पण केहो त?
पेशाप्रतिको समर्पण हो?

शिक्षक भए कुनै पनि तवरबाट विद्यार्थीको मनोबल उच्चपार्ने हो।
उनीहरुसँग भएका गलत आचरण हटाइ ग्यान प्राप्ति प्रति रुची जगाउनु र अनुशासित बनाउनु हो।
देशको प्रधानमन्त्री, मन्त्री, कर्माचारीले जनताको सेवा गर्ने हो । जनता र सेवाग्राहीलाई माथि राखि उनीहरूको सेवामा आनन्द लिन सक्नु र देश र जनताको भलाइका कार्य कुनै लोभलालचमा नपरी गर्नु नै समर्पण हो। यही समर्पण नै भक्ति हो।
बालक ध्रुव र प्रल्हादको विष्णु भक्ति, हनुमान र व्यासको रामभक्ति, सिताको श्रीमान भक्ति , चन्द्रावतीको स्वास्थानी माताको भक्ति आदि अरु यस्तै भक्तिले मानिसलाई उच्चकोटीमा पुर्याउँछ।

आजको आवश्यकता नै पेशामा समर्पित भई भक्तिको भाव जगाउन सक्नुपर्छ।

तपाईको प्रतिक्रिया