भावपूर्ण श्रदाञ्जली प्रदिप गिरी , एक मूर्धन्य करिव सर्व स्वीकार्य नेता

समय आफ्नै गतिमा कुदिरहेको हुन्छ मानिस चन्चल छ, बहकाउछ र हतारिन्छ पनि । भाद्र ४ गतेदेखि नै उहाँको मृत्युका खवर सञ्चारका माध्यममा सुन्न थालियो तर पछि विश्व प्रकाश शर्माले गरेका जानकारीले उहाँको जीवनको रक्षार्थ प्राथनाको खाचो छ । म पनि यो देशको सामान्य नागरिकले नेपालको ज्ञानको भण्डारको अस्त भयो भन्ने सन्देश पढ्दै गर्दै निशव्द भए । केही व्यक्त गर्न सकिन कामाना गरे हे प्रभु तिमी छौ भने नेपाली जनताको आवाज वुलन्द गर्न सक्ने सवैको पृय लोभबाट टाढा रहेको नेपाली मनको त्यो माननीय प्रतिनिधि सभाको सभासदलार्इृ वचाइदेउन ।

अरु केही नभएपनि उनको आवाजले एकदिन वा केही मिनट मात्र भए पनि नेपाल प्रतिनिधि सभा प्रतिनिधि सभाजस्तै हुन्छ भनेर । जव प्रदिप गिरी सभामा केही मिनेट बोल्नको लागि सभामुखले समय दिनुहुन्थ्यो अनि संसदहल शान्त हुन्थ्यो किनकि उहाँ नै त्यस्तो व्यक्ति हो जसमा ज्ञान थियो अध्ययन थियो ः धर्म शास्त्रका कुरा हुन कि, वादका, वादका हुन कि राजनितिका वा अन्य गर्जनका हुनकि दबिएको आवाजको आवाज सप्रशंग व्यक्त गर्न सक्ने एक युगको नायक नै भनिदिदा हुन्छ ।

यस्ता महान व्यक्तिको देहले उहाँको शरिरलाई छोडी अन्यत्र कतै विचरणमा वा मोक्षको मार्ग रोजेको सन्देश पढ्दै गर्दा स्तब्ध भए । अनि मेरो अन्तस्करणले भने नाशवान शरिरको समय आयो टपक्क टिपी लग्यो र केही क्षेण त भावनामा डुब्न पुगे म कृष्ण भएको भए कृष्णको गुरुदक्षिणा स्वरुप यमलोकमा पुगेका संदिप्नीका छोरा झैं फर्काइ ल्याउने थिए वा हनुमान भएको भए हनुमानको वावालाई झैं वण्यमराजसँगबाट लिएर आउने थिए । मसँग त्यो शक्ति त थिएन तर पनि त्यो महान आत्मा प्रति उच्च सन्मान थियो । किन कि उ नेपालको लागि धन्दै ज्ञानको रुपमा त कलिका कृष्ण नै हुन भनिदिए पनि अन्याय नहोला, किनकि भगवान कृष्ण पनि उनका समयमका राजनेता भएका थिए ः सज्जनका लागि भगवान र निर्दयी, दुराचारी र पापीका लागि त कालै थिए ।

यस्तै प्रशंगमा सिराहा जिल्लाका प्रतिनिधि सभाका सभासदले मिति २०७५।०३।२८ गते १ बजे नेपालको प्रतिनिधि सभामा गरेको छ मिनेटको सम्वोधनलाई मात्र नेपालका राजनितिज्ञले अवलम्बन गर्ने हो भने देश कति अनुशासित हुने थियो, देशको विकास कति तिब्र गतिमा अगाडि जाने थियो तर अवशोष वोलिदिनेले वोलिदिए तर कार्यान्वयन गर्नेले सुनेर उडाइदिए । उहाँले कति सरल भाषामा सुन्दा सामान्य लाग्ने तर यदि मानिस हो, देशको सरकारको प्रतिनिधि हो वा सरकार हो अन्य कुनै जनप्रतिनिधि, ती शव्दहरुलाई कार्यान्वयन नगर्ने हो भने कति नालायक र लाचार रहेछ देशको प्रजातन्त्र, गणतन्त्र, र यसको भरमा देशको दोहन गर्ने शक्तिमा ।

उहाँले प्रशंग उठाउनुभएको थियो देश भागवण्डाले विग्रीएको छ भनेर । संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई एक जना डिएसपि गइ त्रिभुवन विमानस्थलमा गइ कुनै वाहिरी देशमा जान लागेको एक प्राज्ञिक व्यक्तिलाई कुनै अपराध विना विमानस्थलबाट फिर्ता वोलाउनु र उनको यात्रामा दख्खल पुर्याउनु एक घोर अप्रजातान्त्रीक कार्य हो । त्यसको लागि प्रधानमन्त्रीले उनलाई फोन मात्र गरेर भए पनि गल्ति स्वीकार्न सक्नुपर्छ भन्न सक्ने आट भएको व्यक्ति गिरी हुनुहन्थ्यो र नयाँ शिकारुको लागि त उहाँ संसदिय अभ्यास गराउन सक्ने एक निर्भिक नेता हुनुहुन्थ्यो । त्यसैले त्यस मोक्ष प्राप्तिकको लायक व्यक्ति स्व प्रदिप गिरी प्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु र शोक शन्तप्त परिवार जनमा धैय धाराण गर्न सक्ने सामाथ्र्य श्री पशुपति नाथले प्रदान गरुन भनी पुकार गर्दछु ।

उहाँले उक्त दिनमा नै उपकुलपतिलाई रोक्नु सामा्न्य कुरो लाग्ला तर उसका व्यक्तिगत स्वतन्त्रामाथि हनन भयो नि , हैन र ? फेरी थप्नुभयो उपकुलपतिले आफ्नो अपमान भयो भनेर मानव अधिकार माथि उजुरी गर्छ भने गणतन्त्रको सरकारले सोच्नुपर्दैन । उक्त समयमा काँग्रेस पराजित छ र त्यसैले पनि लज्जित छ । एमालेले जितेका छ , त्यसैले उसमा गरीमा हुनुपर्छ । त्यो गरीमा हुने काम गरेको छ त वर्तमान सरकारले । प्रजातन्त्रमा त सरकार भन्दा जनता बलियो मान्ने परिपाठी हो । के त्यसो हुनसकेको छ त ?

आजको गणतन्त्रको समयमा नेपालमा राजनैतिक दल करिव करिव छैनन् भनी दिदा फरका पर्दैन । किनकि यदि दल भएका भए त उनीहरु आफ्नै चुनावी चिन्ह र घोषणा पत्र बोकेर जनतासँग भोट माग्न जाने थिए । आज नेपालको राजनिति लाजनितिमा परिणत भएको छ । जसका लाठी उसका भैंस भन्ने भनाइ चरितार्थ भएको छ । दलभित्र झुण्ड मौलाएको छ, त्यही मौलाएको झुण्डले नेपाललाई दिनप्रति दिन उदोगतिमा लागि रहेको छ । नेता देख्दा चोर कर्मचारी देख्दा घुषैया भन्ने भनाइको पुष्टी त नेपाली काँग्रेसको महाअधिवेशनको सम्वोधनमा क्रममा राप्रपाकाे नेता राजेन्द्र लिंगदेलले पुष्टि र नेतालाई चोर भन्छन नेपाली जनता , हो कि होइन भनेर प्रचणडले सोध्दै गर्दा दर्शकबाट हो भन्ने आएको थियो भने त्यसको प्रतिप्रश्न गर्दैगर्दा नेतालाई नेपाली जनताले चोर भन्छन त भन्दा दर्शकबाट भन्छन भन्ने आवाज गुन्जियो ।

त्यसैले पनि आज निर्भिकका साथ लोभ र मोहबाट उन्मुक्त भएको व्यक्ति सुदामा र उनको बुढी वशुन्धराको जस्तो भक्ति र समपर्ण चाहिएको छ । हुनत गिरीलाई अन्य स्वदेशी र विदेशी नेतासँग तुलना गर्नुको साटो गिरी वाद नै भनिदिदा हुन्छ । प्रदिप गिरी केबल नेपाली काँग्रसको मात्र नेता नभएर समग्र नेपालीजनको नेता हुनुहुन्थ्यो । नेपाली काँग्रेसले २०७२ मा संविधान घोषणा गर्दा सवै सभासदलाई व्हीप जारी गरे पनि यो संविधान पूर्ण छैन भन्दै सम्पूर्ण दललाई चुनौति दिदै हस्ताक्षर नगर्ने त्यसवेलाको आवाज भएको र सही तरिकाले पोख्न सक्ने सभासदको रुपमा आफुलाई चिनाउन सफल हुनुभयो । त्यसैले पनि गिरी सवैका शिरको रुपमा मरेर पनि अनन्त कालसम्म जिउन सक्ने एक विपीले गरेको व्याख्या अनुसारको एक असल नागरिक र अब्रहाम लिंकनले भने झै भिडले गरेको निर्णय होइन सत्यताको पहिचान गर्न सक्ने असल राजनैतिक गुरुको रपमा उदाएर भौतिक शरिरलाई नाश गर्र्दै अजर अमर बन्न सक्ने अवल दर्जाका नागरिक माननीय सभासद गिरी प्रति श्रद्दासुमन ।

मैले उहा“का विचारहरु कहिले पत्रिकामा त कहिले अन्तरवार्ता त कहिले सभा सम्मेलनमा सुन्ने गर्थे । उहा“सभालाई सम्बोधन गर्दैहुनुहुन्छ भने पछि म उहा“को सम्बोधन सुन्नको लागि सुन्न पुग्थे किनकि उहा“को सम्बोधनमा दर्शन हुन्थ्यो, वाद हुुन्थ्यो, धर्म हुुन्थ्यो, संस्कार हुुन्थ्यो, र धेरै कुरा थोरै समयमा प्राप्ति हुन्थ्यो । उहा“ले मलाई व्यक्तिगत रुपमा चिन्नुहन्नथ्यो र मैले पनि । तर मैले उहा“लाई एक अशल, देशभक्त, निष्ठावान नेताको रुपमा उहा“व्दारा व्यक्त गरिएका विचारले म प्रभावित थिए । आजका नया“पिढीका मानिसलाई पदले होइन मानिस त आचरणले पो पुज्य हुदोरहेछ भनेर आफ्नो देह त्यागेर मोक्षको मार्गमा लाग्नुभएको छ । मोक्षको मार्ग सुखद रहोस । यही रह्यो मेरो कामना ।

चन्द्र कान्त पण्डित
पशुपति मित्र माध्यमिक विद्यालय चाबहिल काठमाडौं
९८५११५८३७९ ।

तपाईको प्रतिक्रिया