नेपाल एक आफैमा सुन्दरताले भरिपुर्ण भएको देश हो । यहि नेपालमा कुनै बेला पृथ्वीनारायण शाहले एकीकरणको अभियान थाल्नुपुर्व यो देश बाइसे -चौबिसे राज्यमा विभाजन थियो।त्यतिबेला यो देशमा मेलमिलाप र एकताको भावना थिएन। जब यो देशलाई पृथ्वीनारायण शाहले सिङ्गो मुलक बनाए, जब यो देशलाई विरपुर्खाहरुले अङ्ग्रेजसंघको युद्ध लाई विजय पारे तब यो देश एउटा सुन्दर फुलबारीको बगैंचा बन्न पुग्यो ।
यो देशले राणाशासन , प्रजातान्त्र, राजतन्त्र , गणतन्त्र ,लोकतान्त्र जस्ता शासन खप्दै आएको छ। अहिले नेपालमा हेर्दा भोट दिने जनता भन्दा राजनितीक दल धेरै हुँदै छ।वर्तमान अवस्थालाई हेर्दा नेपाल कता कता चुकेको जस्तो देखिन्छ ।यो देशमा अहिले कुनै पनि शान्तिपूर्ण वातावरण भने देखिदैन ।जता हेर्यो त्यतै अशान्तिका घटना दिनप्रतिदिन हुँदै आएका छन् । जब केपि वलिले संसद दुई पटक विघटन गरे तब यो देशमा अशान्तिका घटना दिनहुदिन बढ्दै गए।३ वर्षमै वलिको शासन ढल्यो अनि सुरु भयो सेरबहदुर ज्यु को पाँच दलिय शासन , यो शासनले पनि देशलाई तरङ्गित बनायो । देशको ढुकुटीको मुद्रा सकेर पनि बाहिरी राष्ट्रको ऋण थपिदै आयो। केही अर्थतन्त्र कोभिड १९ ले बिगार्यो भने बाकी भाको अर्थतन्त्र देशका दलिय राजनितीनायकहरुले बिगारे ,गत वर्ष २०७९ साल बैशाख मा सम्पन्न स्थानीय चुनावले केही फेरबदल गराएको छ। मुख्यतया देशकै राजधानी काठमाडौ महानगरपालिकामा मेयर बालेन शाह र उपमेयर सुनिता ढुङ्गेल को कार्यले केही फेरबदल आएको छ।उनीहरुले गरेको काममा पनि बासिन्दा दुई धारमा विभाजन भएका छन ।जसलाई अहिले महानगरले अप्ठ्यारो पारेको छ त्यो व्यक्ति गाली गर्दै छ।जसलाई पारेको छैन त्यो व्यक्ति ताली बजाउदै छ।
अब कुरो रहयो राष्ट्पतिको दुई धारको कदम पाँच दलिय गठवन्धनले जारी गरेको नागरिता बिधयेक दुई दुई पटक संसद बाट पारित भाएर पठाउदा पनि फिर्ता गरिन राष्ट्रपतिले तर वलिले एक पटक प्रयास गर्दा आफू अगाडि सरेकी थिन। अहिले यहि कुरो लाई लिएर जनता पनि दुई धारमा विभाजन भएका छन । कसैले तालि त कसैले गाली गर्दै आन्दोलन गर्दै छन।
आखिर् अब देश कसले बचाउने हो अत्तोपत्तो छैन।कानुन निर्माण भएको छ त्यति देशमा घटना क्रम जारी छ। आउदै गरेको संघीय चुनावमा पनि एकलै प्रतिस्पर्धाको मार्ग देखिदैन , पाँच दलिय गठबन्धन आफैमा कायम रहेको देखिन्छ । केपी वलिले पनि सानातिना दललाई फकाउदै छ्न। देशलाई राम्रो विकास गर्ने सोचाइ मा देखिदैन्न राजनीतिक दलहरु आ-आफ्नो सिट सुरक्षित को धुमधाम मा छन् । कुनै दललाई छैन यो देशको चिन्ता , कुनै नेतालाई छैन यो देशको पिर , आफैमा रुइरहेको छ यो देशको मुहार फेर्नु पर्छ।

सह- सचीब
नेविसंघ हुम्ला-काठमाडौ सम्पर्क समिति

तपाईको प्रतिक्रिया