देशको राजनिति देश र जनताको लागि हुनुपर्ने हो तर नेपालमा त तथाकथित राजनैतिक दलका केही झुण्डको स्वार्थ पूर्ति गर्नका लागि देखिएको छ। दलका केही नेताको हैसियत बदलिएको छ तर वैदेशिक ऋण अंकगणितीय रुपमा वृद्धि भएको छ। जहाँ तहीँ वेतिथि देखिन्छ। हेर्यो जताततै सरकार तर सर्वसाधारणको काम गर्ने त कोही छैन। जहाँ तहीँ महङ्गी र वेवास्ता देखिन्छ। कहाँ कति कुरा गर्ने ? यसको लागि प्रत्येक नागरिक सचेत हुनुपर्छ। नेपालमा देखेका सही र सत्य कुरा बताउँदा पनि बताउने व्यक्ति नै हाँसोको पात्र बन्न सक्छ।
अन्य देशहरूमा चाडपर्व आउँछ, सबै खाद्य तथा अन्य सामग्रीहरुमा सहजता हुन्छ तर नेपालमा यातायात भाडा वृद्धि, दैनिक उपभोग्य सामग्रीको मुल्य आकासिन्छ। निगरानी कसले गर्ने? तीन तहको सरकार छ नेपालमा : स्थानीय, प्रदेश र संघीय।यदि यी तीनै सरकारले आफ्ना नागरिकलाई आफ्नै घरआँगनमा जादै गर्दा राजमार्गमा भएका खाना तथा खाजा र पिउने पानीको मुल्यमा निगरानी राखिदिने हो भने पनि त्यति नै महङ्गो हुने थिएन। तीनमा निगरानी गरिदिए पेसामा सेवा भाव जोडिएको हुनेथियो। त्यसैले व्यवसाय पनि फाइदामुखी र सेवामुखी दुवै हुनुपर्छ। यसमा सबैले निगरानी राख्नैपर्छ।
विरामी लिएर उपचारको लागि अस्पतालमा गयो, ICU मा राखेर उपचार गर्नुपर्ने, दिनमा २/३ झोला औषधिको बिल तिर्नुपर्ने, विरामी डाक्टरको लागि प्रयोगशाला भएको अवस्था छ । विरामीको लागि औषधिको जोहो कसरी गर्ने, फेरी विरामी कुरुवालाई तेरो विरामी ठिक छैन भन्दै सधैं तड्पाइएको अवस्था छ। मृत्युको लागि कुरिरहेको छ । तयार भएर बस्नु जस्ता कटु शब्द बोलेर बिरामीको आफन्तमा दैनिक रुपमा पिडा थपिएको छ। कुनै पनि अस्पतालमा कुनै पनि विरामी उपचारकाे भर्ना गरिएको हुन्छ। उपचारपछि निको हुन्छ, तन्दुरुस्त हुन्छ र आफ्नो दैनिक क्रियाकलापमा फर्कन सक्छ भन्ने नै हो। डाक्टरले त विरामी र विरामीका आफन्तहरुलाई सान्त्वना दिनुपर्ने हो। ठाउँमा ल्याउनुभएको छ उपचार गरिरहेका छौं, चिन्ता नलिनुहोस्। मृत्यु रोक्ने सामर्थ्य कसैसँग हुदैन। तपाईंहरुको विश्वासलाई हामी टुट्न दिदैनौ। जटिल विरामीको लागि त्यही अनुसारको मानवीय संवेदना सहितको सन्देश प्रवाह गरिदिदा सबै खुसी हुनेथिए।
डाक्टरले उपचार गर्न नसक्ने विरामीलाई अस्पताल भर्ना गराइ उनीहरूको घरका वाकी सदस्यलाई जिउनको लागि समेत चाहिने धनको अभाव सिर्जना गरिदिएका हुन्छन , उपचारमा लाखौं खर्चने तर अन्त्यमा अर्थ हिन खर्च भैरहेको हुन्छ । अन्तमा न व्यक्ति न धन। उपचार हुन नसक्ने बिरामीको लागि औषधि दिएर चिरफार गर्नु हुँदैन। उपचारबाट निको पार्न नसक्ने विरामीलाई चिरफार गर्नुनपर्ने हो तर पनि त्यस्ता विरामीको लागि लाखौं लाख खर्च गर्न लगाएर अन्त्यमा सरी भनिदिए पुग्ने अवस्था छ। उपचारको साथमा मानवीय संवेदना पनि मिलाउन सक्नुपर्छ। नेपालमा नेताको उपचारको लागि लाखौं लाख खर्चिएको हुन्छ तर सर्वसाधारणको लागि सुलभ उपचारकाे व्यवस्था गर्न सकिरहेको अवस्था छैन। अव त सर्वसाधारणको लागि पनि सरकार छ नि भन्ने दिन आउनुपर्छ, हैन र ?
डाक्टरमा पनि विद्धताको अभाव देखिएको छ। उपचारको लागि ल्यावटेष्ट जसको आवश्यक हो त्यसको मात्र गर्नुपर्ने हो। तर प्राय सबै खाले टेष्ट गरिएको हुन्छ। यदि अध्ययनमा निखारता आएको भए सबै खाले ल्याबटेष्ट गर्नुपर्ने हुदैन होला । मानिसको उपचारमा लाग्नुपर्ने चिकित्सकमा अध्ययनको गहिराइमा पुग्न सक्नुपर्छ। गहिराइमा पुगेका चिकित्सकहरुलाई मात्र जटिल विरामीको जाच गर्न लगाउने, खर्च गरिसकेपछि विरामीको जीवनमा सहजता भए चिरफार गर्न लगाउने, तर चिरफार पछि जीवन सरल र सहज हुदैन भने विरामीको सल्लाह अनुसार मात्र उपचार अगाडि बढाएमा जताततै देखिएको असहज अवस्था अन्त्य हुनेछ। जहाँ तहीँ विश्वासको खडेरी परेको छ। आजको आवश्यकता नै सबैमा विश्वास जगाउनै पर्छ। जव बिश्वास हुन्छ,तव विकास र समृद्धि पनि।
सबै कुराको जड नै राजनिति हो। जव राजनिति देश जनताको लागि हुन्छ, व्यवसायमा फाइदाको साथै सरोकार प्रति सेवा जोडिन्छ, सरकार तथा नेताले आफुलाई सेवक ठान्छन्, सम्बन्धित सवैले आफ्नो कार्य गर्न पुग्छन्, देशको मुहार नचाहँदा पनि फेरिन पुग्छ, विकासले शिखर चुम्न सक्छ र सवै नागरिकमा भातृत्वको भाव वृद्धि हुन्छ। अनि जताततै शान्ति र विकास मात्र।
चन्द्रकान्त पन्डित कास्की पोखरा गण्डकी प्रदेश नेपाल