नेपाल बेतिथिमा कुदिरहेको छ। यो अन्योलको अवस्था नेपालको शिक्षाले गन्तव्यको पहिचान गर्न नसक्नु नै हो। कृषक सबैको आँखामा आदरणीय ठहरिनुपर्छ र सबैले किसानलाई सम्मान गर्नुपर्छ भनी शिक्षाले शिक्षार्थीलाई बुझाउन सक्नुपर्छ।

मानिसले जतिसुकै उन्नती गरेपनि जिउनको लागि अनाज नै चाहिन्छ। अन्न, सागसब्जी, फलफूल माछा मासु आदि नै मानव जीवनमा अपरिहार्य खाद्य वस्तु हुन। यी सबैको उत्पादन कृषकले नै गर्ने गर्दछन्। खल्तीमा र बैंकमा रहेको पैसोले यदि बजारमा उपभोग्य वस्तुहरु छन भने त खरिद गर्न सकिन्छ यदि बजारमा उपलब्ध नभएको अवस्थामा त पैसा उपयोगी हुन सक्दैन नै। यदि प्रत्येक घरमा अनाज उत्पादन हुन्छ भने भोकमरीमा परेर कोही मर्नुपर्दैन। यी सबैका प्राणादसता कृषकलाई भने उपेच्छित गरिएको छ। अबको शिक्षाले विद्यार्थीलाई कृषि पेशा र कृषक उच्चकोटिका हुन भनी विश्वस्त पार्न सक्नुपर्छ।

जब नेपालका विद्यार्थीहरुलाई नेपालमा नै सबै खाले सुबिधा प्राप्ति हुन्छ, उनीहरूको भविष्य यहीं सुन्दर र सहज हुन्छ भनी विश्वस्त पार्न सकिन्छ नेपालको पैसाले सबै खाले विकास सम्भव छ भनी विश्वस्त पार्न सकिन्छ नेपालका विद्यार्थीहरुलाई यहीं राखी उच्चशिक्षा दिलाउन सकिन्छ नेपालकोे विकास पनि सुनिश्चित हुन्छ। अहिलेको नेपाली विद्यार्थीको विदेश प्रतिको मोह भङ्ग गराउने सामर्थ्य नेपाली विश्वविद्यालयले राख्नुपर्छ। नेपाली विद्यार्थीलाई विदेशी विश्वविद्यालयका पूर्ण छात्रवृत्तिमा जानदिने तर आफ्नो खर्च गरेर विदेशमा अद्ययनको लागि जाने प्रवृत्तिलाई रोक्नुपर्छ। अहिले नेपाली विद्यार्थीहरुले विदेशी विश्वविद्यालयमा अध्ययनको लागि नेपाली अरवौं रुपैयाँ खर्चेर गएको अवस्था छ। यही क्रम बढ्दै जाने हो भने नेपालका गाँउ मानव सुन्य अवस्थामा पुग्न लागिसकेका छन्। खेतियोग्य भुमिमा बाँदरको चयन भएको छ एकातर्फ भने अर्को तर्फ नेपाली विद्यार्थीहरु दिनको १८ घन्टा व्यस्त हुनुपरेको छ अद्ययन र जिविकोपार्जनको लागि। त्यस्ता विद्यार्थीहरु मुस्किलले नेपाल फर्केर आउनेछन्।
कसरी यो सम्भव छ त?

आधारभूत तहको शिक्षा पूर्ण रुपमा सबैलाई अनिवार्य र निशुल्क हुनुपर्छ। निशुल्क शिक्षा भन्नाले प्रत्येक विद्यार्थी जिउन पाउनुपर्छ। घरपरिवारले खाना खुवाउन कठिनाई भएका विद्यार्थीको पहिचान गरी तीनीहरुलाई खान वस्त्र र, वस्न साथै अद्ययनको लागि अनिवार्य रुपमा नेपाल सरकारले व्यवस्था गर्नसक्नुपर्छ माद्यमिक विद्यालय तहको शिक्षा पेशा उन्मुख हुनुपर्छ। माद्यमिक तहको पढाई उच्चतहको अद्ययनसँग जोडिने र इच्छा हुँदा विद्यावारिधि सम्म अद्ययन गर्नको लागि जोडिएको हुनुपर्छ। व्यवसायिक शिक्षा प्रदान गरिदिने र उनीहरूले कक्षा ९ बाट नै आम्दानीसँग जोडिने हुनुपर्छ। उनीहरूले गरिने प्रयोग नै आम्दानीको स्रोत हुनसक्नुपर्छ। जस्तै कृषि पेशामा जोडिने हो भने उनीहरुलाई तरकारी खेती वा अनाज उत्पादन वा अन्य केहीमा दिनको केही घण्टा व्यस्त गराइदिने र उत्पादित उब्जनीको केही प्रतिशत विद्यार्थीको नाममा जुटाइदिने हो भने पढ्दै, कमाउदै, रमाउदै जीवनयापन गर्ने छन्। अन्य अध्ययनका छेत्रहरु पल्मबरिङ, इलेक्ट्रोनिक्स, मेकानिकमा पनि त्यसरी नै व्यवस्थापन गरिदिने हो भने आफ्नो बाबु आमाको काख छोडेर कसैलाई पनि विदेशीने रहर हुँदैन। जब आफ्नो देशको जनशक्ति देशमा नै रहन्छ, कोही कृषि पेशामा संलग्न प्राविधिक, कोही इन्जिनियर, कोही डाक्टर, कोही शिक्षक, कोही श्रमिक त कोही उद्योगपति कोही उद्यमी बन्छ, प्रत्येकको परिवार सम्पन्न हुन्छ। जब प्रत्येक परिवार सम्पन्न हुन्छ, गाँउ, नगर र शहर विकास भै देशको मुहार फेरिने थियो।

नेपालको विकासको लागि नेपालको माटो, पानी, जंगल, जडिबुटी र यहाँको युवाशक्ति, प्रयटक व्यवसाय आदिको सही रुपमा प्रयोग र प्रवर्द्धन गर्न सकेको अवस्थामा सहज रुपमा विकास हुनेछ। नेपालमा स्थानीय सरकार र संघीय सरकार मात्र रहेमा प्रदेश सरकार सञ्चालनको लागि गरिने खर्च विकास निर्माणमा सदुपयोग गर्न सकिन्छ। विकास र समृद्धिको लागि त नेतृत्वमा त्याग , लोभबाट मुक्त र समाजप्रति जवाफदेही हुने हो भने नयाँ नेपाल होइन सुन्दर,शान्त समृद्धले भरिपूर्ण एक विकसित राष्ट्रको रुपमा पहिचान बनाउने छ।

नेपालको विकासको लागि नेपालमा रहेका खनिजको उत्खनन् र प्रयोग, कलकारखाना र उधोगको स्थापना र सन्चालन आदि गर्दै लैजान सक्ने हो भने स्वदेशमा नै नेपाली युवाहरुको लागि रोजगारी पनि हुने छ। यसको साथै अहिलेको वैज्ञानिक युग सुहाउँदो शिक्षा नेपालका विश्वविद्यालयले उपलब्ध गराउने हो र उच्च शिक्षाको लागि विदेशी विद्यार्थीहरुलाई आकर्षण गर्ने हो भने नेपाल प्राकृतिक र विकासको रुपमा पनि एक सफल र समृध्द राष्ट्रको रुपमा पहिचान बनाउन सक्ने थियो।

कुन देशमा माटो छ र माटोमा खेल्न सक्ने जनशक्ति छ भने संसारमा जतिसुकै ठूलो भोकमारी लागे पनि नेपाल यसबाट अलग रहन सक्छ। त्यति मात्र हो कि यहाँको माटो सही रुपमा उपयोग गर्न सक्नुपर्यो र कृषक र कृषि सम्बन्धी पेशालाई उच्चकोटिमा राख्नु पर्छ। जब किसान उत्साहित हुन्छन् तब उनीहरु कृषि फसल सहज रुपमा उत्पादन गर्न सक्छन्। जव देशको उत्पादनले आफ्नो आफ्नो नागरिकको आवश्यकता पुर्ति हुन्छ, समग्रमा देशको विकास भैहाल्छ।

चन्द्र कान्त पण्डित
पोखरा म.न.पा वडा नं: ३२

तपाईको प्रतिक्रिया