यो देश नेपाल र नेपालीको सबै भन्दा ठूलो राजनैतिक दलको सन्त उपनाम कमाउन सफल र २०४५/४६ को आन्दोलन पश्चातको सफल प्रधानमन्त्री र तत्कालिन संविधान नेपाली जनतालाई दिनसक्ने सादगी प्रधानमन्त्री कृ्ष्ण प्रसाद भट्टराईलाई अन्तरघात गराई चुनावमा हराई नेपाली काँग्रेसको र नेपालको बागडोर हातमा समाई नेपाल र नेपालीको हरिविजोग गर्ने सफल नेतृत्व नेपाली काँग्रेसमा हुँदाहुँदै नेपाली कांग्रेसका दुई युवा नेता गगन कुमार थापा र विश्व प्रकास शर्माले कतै गल्ती त गरेका छैनन। अहिलेको नेपालको संविधानले नेपालको प्रधानमन्त्री हुनको लागि सबैभन्दा पहिले जनताद्वारा निर्वाचित संसद र राजनैतिक दलको संसदीय दलको नेता हुनुपर्यो। यसको लागि यी दुवै नेताले बोल्नु भन्दा अगावै सोच्नुपर्ने थियो, हैन र? यही बोली भोलिको दिनमा गलपासो हुनसक्छ।
२०५२मा गिरिजाप्रसाद कोइरालाले तत्कालीन संसद विघटन गरी मद्यावधि चुनावमा हुम्मिएका थिए। मध्यावधी चुनावमा हुम्मीदै गर्दा एक वाक्य वोलेका थिए: (उनैले नेपाली कांग्रेसलाई ३६/७४ गुटमा विभाजन गरेका थिए। ) उनको संबोधनमा भनेका थिए म अव यीनीहरु (३६ गुटसँग)सँग झुक्ने छैन। तर समयले संसदमा एक सदस्य भएका राजनैतिक दलसँग पनि गिरिजाप्रसाद कोइराला बारम्बार झुकेको इतिहास छ। चुनावी नारा थियो: मध्यावधी किन हो : दुइ तिहाई लिन हो।
तर नतिजा के भयो?
नेपाली जनताले एक तिहाईमा झारी काँग्रेसको सजग पारेका थिए। पछाडिको चुनावमा तिनै सन्त नेता कृष्णप्रसाद भट्टराईलाई भावि प्रधानमन्त्रीको रुपमा अगाडि सार्यो , चुनावमा बहुमत आयो प्रधानमन्त्री पनि कृष्ण प्रसाद भट्टराईलाई चुनियो तर गिरिजाप्रसाद कोइरालालाई निन्द्रा लागेन र कृष्ण प्रसाद भट्टराईलाई नेपाली कांग्रेसले पदमुक्त गरिदिए। विदेश भ्रमण पछि राजिनामा दिन्छु भन्दा समेत उनलाई कुर्न सकेको थिएन नेपाली कांग्रेसले। त्यही काँग्रेसका द्वय युवा नेता
गगन कुमार थापा
र
अर्का नेता विश्वप्रकाश शर्मा सन्चार माद्यममा गगन कुमार थापालाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउनको लागि प्रस्तावक बन्छु भनेर ठूलो राजनैतिक भुल गर्दैछन्।
किन?
किनकि यी दुवै नेताले नेपाली कांग्रेसको केन्द्रीय बैठकमा भावी प्रधानमन्त्रीको उमेदवार गगन कुमार थापा हो भनेर सर्वसम्मतिबाट पारित गर्नसक्नु पर्ने थियो। तर त्यसो गर्न सकेनन।
जव गगन कुमार थापालाई प्रधानमन्त्रीको उमेद्वार भनी घोषणा गर्न सकिएन, यी दुवै नेता चुपचाप लागेर पहिलो कार्य आफ्नो क्षेत्रबाट संसदको चुनावमा निर्वाचित हुनुपर्ने थियो। दुवै नेता संसदमा चुनिएर आएको अवस्थामा मात्र संसदीय दलको नेता चुनिने सम्भावना रहन्छ। तर आज छोरो पाउनुभन्दा अगाडि कन्धानी लगाइयो जुन अप्राकृतिक देखिन्छ। यसले गर्दा कृष्ण प्रसाद भट्टराईको कथा दोहरिन सक्छ र अहिलेको काँग्रेसको केन्द्रीय समितिले नै नेपाली कांग्रेसका कार्यकर्तालाई कतै हसिया हथौडा त कतै अन्य चुनावी चिन्हमा मत हाल्नको लागि अनुरोध गरेको छ। यो स्वतन्त्रता उसैले दिएको छ र चुनावमा अन्तरघात भयो भनी कुनै कार्यकर्तालाई अंकुश लगाउने नैतिक ताकत छैन। आजको अवस्था यी दुवै नेताको लागि जटिल छ ।
किनकि यी दुई नेताले सोचेको जस्तै भएको भए नेपाली कांग्रेसले गगन कुमार थापालाई भावि प्रधानमन्त्रीको रुपमा अगाडि सारेको भए काँग्रेसको एकल बहुमत आउने सम्भावना थियो तर त्यसको कुठाराघात चुनाव अगावै गरिएको अन्य दलसँगको अप्राकृतिक चुनावी गठबन्धन हुनपुग्यो। यसमा पहिलो गासमा ढुङ्गा भनेजस्तै भयो
र
करिब नेपालमा राजनैतिक दलको अन्त भै केही राजनैतिक दलभित्रका केही झुण्डको इच्छा पुरा गर्ने माद्यमको रुपमा मंसीर ४ को चुनाव अगाडि आउदै छ। यो चुनावमा पनि आफुले जीतेर नेपाललाई हराउन सफल उनै पुराना भुपु प्रधानमन्त्री र राजनैतिक दलका नेताहरु चुनावी मैदानमा उत्रिएका छन्। उनलाई जिताउनका लागि उनकै दलका बलिका बोका र राजनैतिक चेतना गुमेका दलका सक्रिय कार्यकर्ता लाग्नेछन्। तर यो चुनाव अगाडिको चुनाव भन्दा पृथक हुने छ:
किनकि
खोलामा धेरै पानी बगिसकेको छ,
स्वतन्त्र उमेदवारहरुले स्थानीय चुनावमा देशको मुटुमा चुनाव जितेको छ र सोही अनुसार जनपृय काम पनि गरेकाे देखिएको छ।
त्यसैले मंसिर ४ को चुनावमा यी दुवै नेपाली कांग्रेसका जुधारु र विचार भएका विचार पोखी अगाडि बढ्न सक्ने युवा नेता द्वय गगन कुमार थापा र विश्व प्रकास शर्मा कतै दोस्रो गिरिजाप्रसाद कोइरालाको उदय भइ त्यही चुनावी माओलबाट वाहिर नहटाउन
किन कि नेपाली कांग्रेसमा बुढी मरेकोकोमा पिर छैन बाघ पल्किसकेको छ। न अहिले नेपाली कांग्रेसले नेपाली कांग्रेसको चुनावी चिन्हमा मात्र मत माग्न सक्छ न माओवादीले हसिँया हथौडा र अन्य दलले आफ्नो दलको चुनावी चिन्हमा। भन्नुपरेन : कठै नेपालका नेताहरुको लक्ष्य विहिन राजनैतिक यात्रा।
यी दुवै नेताले आफ्नो चुनावी क्षेत्रमा रही आफ्नो क्षेत्रका मतदाताको भावना जिति चुनाव जितेमा मात्र भावि प्रधानमन्त्रीको रूपमा अगाडि बढाउनको लागि संसदीय दलको नेताको लागि प्रस्ताव राख्ने हैसियत रहन्छ र संसदीय दलको नेता भैसकेपछि अरु दलसँग समन्वय गर्न सके मात्र नेपालको प्रधानमन्त्री बन्ने योग्यता पुग्दछ। दुवै नेताले बोलेको कुरा पुरा होओस र भावि दिनमा चुनाव अगावै नबोलेको भए भन्ने दिन नआओस्।
पोखरा म न पा वडा नं ३२
कास्की