जताततै संवैधानिक निकायमा राजनैतिक भागबन्डाको आधारमा नियुक्ति। सर्वोच्च अदालतको प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई अगिल्लो संसदले महाअभियोग लगाएपछि छिनोफानो उसैले गर्नुपर्ने थियो तर त्यसो गरिएन। वकिलले प्रधानन्यायाधीश प्रति असन्तुष्टि भए कुनै पनि बहसमा भाग नलिदिए भैहाल्छ। वकिल विनाको न्यायलयको अगाडि प्रमाण पेश गरेर मुद्दा फैसला गर्नुपर्ने ठाउँमा जसका लाठी उसका भैंसी भएको देखिएको छ। यो खेदजनक छ। चोलेन्द्र गलत छन भने कारवाही गर, लगाइएको महाअभियोग के भयो? फैसला गर्ने कसले? हिजोको संसद र अहिलेको संसद जितेर आए पनि खिचडीको रुपमा आएको छ।

हिजो माओवादी र एमालेको मतले जित्योहोला आज काँग्रेस, माओवादी, जसपा , जनमोर्चा के के कस कसको मतले होला। व्यक्ति एक चरित्र अनेक, हैन र? अख्तियार प्रमुख, प्रधानन्यायाधीश आदिमा महाअभियोग लगाउनु पर्ने कस्तो पात्रलाई संसदीय समितिबाट सिफारिस गरी नियुक्त गरेको हुन्छ। अव त ती प्रमुख र प्रधानमन्त्रीको स्थानमा सिफारिस गर्ने सांसदलाई पो कारवाही गर्नुपर्ने देखिन्छ। गलत तरिकाले गलत व्यक्ति चुनेको भए चुन्नेलाई पनि कारवाही गर्नुपर्ने देखिन्छ।
आँखा राम्रो देख्दैनन्, खुट्टा राम्रोसँग टेक्न हैसियत राख्दैनन् तर पनि लोभले छोडेको छैन। पाँच दलीय गठबन्धन हुँदा पनि सरकार ढुक्कसँग बनाउन सक्ने हैसियत बनाउन नसक्ने पाँचदलका शिर्षस्थ नेताहरु जितेर पनि हारेका छन्। आफु जितेर आफ्नो दल हराउने नेतृत्वले आफ्नो स्वार्थको लागि देशलाई पनि हराउन सक्छन्। अव सबै नागरिकले नेपालका राजनैतिक दलका नेतालाई आफु Watch dog भएर विताउनु पर्ने भएको छ।

राजनैतिक दलले समानुपातिक राखेका नामहरू हेर्दै गर्दा यो समानता र समावेशीको लागि नभएर नेताका यस म्यान भर्ति गर्ने स्थलको रूपमा विकास गर्दै गर्दा यो संविधान चाहिदैन भन्ने कि समानुपातिक सदस्य नै खारेज गर्नु भन्ने अभिमत आउनसक्छ। नेपाली कांग्रेसबाट प्रकास शरण महत, बिमलेन्द्र निधी, आरजु राणाको नाम आँउछ भने यसले कसरी र कुनमा समानुपातिक र समावेशीको लक्ष्य प्राप्ति गर्ला। संविधान माने कानून नमाने कागजको खोस्टा त होनि। आफैंले बनाएको संविधानलाई मृत्युवरण गराउने वातावरण सृजना नगर्नको लागि अनुरोध पनि छ। नेपालको राजधानीलाई नियाल्दा राजनैतिक दलको अस्तित्व उदोगतिमा लम्किरहेको छ।१० चुनावी क्षेत्रमा ४ स्वतन्त्रले जित्नु भनेको राजनैतिक दलको अस्तित्व धारासायी नै भएको हो। बेलामा बुद्दी नपुर्याउँदा पछुतो पर्ने वाहेक अरु साथमा केही हुनेछैन। समय अगाडि बढि सकेको छ ।

प्रहरी जवानमा जागिर खान शैक्षिक योग्यता चाहिन्छ तर देशको प्रधानमन्त्री, मन्त्री र संसद बन्नको लागि केही चाहिदैन त्यही पनि संविधान सभाले बनाएको नेपालको संविधानमा ।। त्यसैले पनि भनिदिनसक्छन् यो अपुरो संविधान खारेज गर। अनि अझै बेमेल हुनेछ। अनि गणतन्त्र वा लोकतन्त्र भिडतन्त्रमा परिणत भइ व्यवस्था नै धरापमा पर्न सक्छ। बैंकिङ्ग क्षेत्रमा त्यतिकै लापरबाही छ। सर्वसाधारणको लागि महङ्गी र मुल्यवृद्धिले सताएको छ। जताततै करको दायरा बढेको छ तर पनि विकास चाहेजति हुनसकेको छैन। जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी देखिएका छैनन्।
यसै प्रसंगमा धोवी को गधाको प्रसंग जोडिदिदा केही अर्थ दिन्छ कि?

के नेपालका VIP हरु वादशाहको जसरी गधा चढ्ने आँट गर्लान त?
एक दिनको कुरो हो एक दिन एक धोवीले मरेन्च्यासे गधा विक्रीमा लिएर हिडेछ। एकजना वादशाहले त्यो कमजोर गधा लिएर हिडेपछि धोवीलाई सोधेछन्। यस्तो मरेन्च्यासे गधा कहाँ लैजाने हो?
बिक्रीमा।
यस्तो मरेन्च्यासे गधा कसले किन्छ र?
यो देख्न मात्र यस्तो हो।
यसको आफ्नै विशेषता छ।
के छ र ?
जसले यो गधा चढ्छ, उ मक्का मदिना त्यही देख्छ।
ए।
त्यसो भए यसको मुल्य कति हो त?
धेरै पर्दैन?
कति?
जम्मा ५००००/-
वादशाहले धोविको कुरो ठिक हो कि हैन भनेर जाच्नको लागि आफ्नो सेवकलाई चढ्न पठाए।
सेवक गधा चढ्न खोज्दै थियो, धेविले भने यो गधा चढेर मक्का मदिना देख्नुको लागि त केही विशेषता उ संग हुनुपर्छ?
के?
-गधा चढ्ने मानिसले कहिल्यैँ पनि झुटो बोलेको हुनुहुदैन।
– भ्रष्टाचारी हुनुहुदैन।
– लुटेरा हुनुहुदैन।
– पर पुरुष गमन वा परस्त्री गमन गरेको हुनुहुदैन।
– बेइमानी हुनुहुदैन।
तव मात्र उ मक्का मदिना देख्न सक्छ।
त्यसपछि वादशाहको सेवक गधा चढ्छ।
बादशाह सोध्छन- के देखिस।
त्यही उत्तर दिन्छ।
बादशाह ढुक्क हुँदै गधा चढ्छ।
सेवक सोध्छ- हजुरले के देखिवक्सियो?
त्यही।
अन्तमा त्यो मोरन्च्यासे गधा वादशाहले किन्नै पर्ने भयो।
किन?
किनकी उसले गधा चढिसक्यो।
यदि बादशाहले त्यो गधा नकिनेमा उ त चोरी, ठगी, बदमासी, भ्रष्टाचारी, लुटेरा आदि बन्दामीले मात्र चिनिने भयो। गधा मालिक मर्न लागेको गधा बादशाहलाई ५००००/- बिक्री गरी आफ्नो बाटो ततायो।
हो आजका मानिसले अकाट्य विचार वेच्नसक्नुपर्छ जसरी गधा मालिकले बादशाहलाई परिबन्दमा पारिदियो। चुनाब अगाडिको गठबन्धन अहिलेको अवस्थामा आइपुग्दा त्यही गधा किन्ने हैसियत भएजस्तो भयो हैन् र? तर अगिल्लाे २०७४ को एमाले र माओवादीको गठबन्धन सफल थियो। धन्नै दुइ तिहाई बहुमत प्राप्त गरे तर संसदलाई लोभि पापिले टिकाउन दिएनन्। जहाँ पाप छ, त्यहाँ झट्ट हेर्दा राम्रै देखिए पनि नोक्सान छ। अहिलेको नेपाली काँग्रेसले प्राप्त गरेको प्रतक्ष्य संघीय संख्या ३० बाट ५७ पुग्यो भनेर मख्ख पर्ने काँग्रेसको नेतृत्व पूर्ण रुपमा असफल नै हो। किनकि यो एकल चुनाव लड्दैगर्दा सामान्य बहुमत प्राप्त गरी एकल सरकार बनाउन सकेको काँग्रेस आज आएर समानुपातिकको मतको संख्याको आधारमा नेपालको दोस्रो ठूलो राजनैतिक दल भएको छ। नेतृत्व नैतिकवान र चरित्रवान भएको भए नेतृत्व अरुलाई सुम्पन्न पर्ने जनमत प्राप्त गरेको छ र संसदीय दलको नेताको लागि म्याउ म्याउ गर्ने थिएनन तर गर्दै छन्। कस्तो विडम्बना!

त्यसैले पनि देउवा झलनाथ, प्रचण्ड, माकुने, र देउवाको विलौना एकपटक नियालौंत! देउवा , प्रचण्ड, माकुनेले आफुले चुनाव जितेर पनि आफ्नो राजनैतिक दललाई हराएका छन्। विचारा झलनाथ सर्पको नाम बन्दाम कमाएका छन्, चुनाव जित्ने गरेका राजनैतिक प्राणी थिए, अहिले चुनाव हारेकोले काँग्रेसलाई जथाभावी गाली गर्ने अधिकार कसले दियो वा उहाँ आफै राजनैतिक रुपमा विच्छिप्त हुनपुग्नुभएको हो। आफ्नो मतले चुनाव जित्न नसक्ने देउवालाई दाेष दिए पनि काँग्रेसको कार्यकर्ता त देउवाको दाष होइन होला । देउवाले जहाँ भन्यो त्यही मत दिनुपर्ने। हो देउवाले काँग्रेसको रुख चिन्ह को लागि मत मागेको भए दलको सदस्यको हैसियतमा रुखमा मत दिनैपर्थ्यो त्यो कार्यकर्ताको राजनैतिक धर्म पनि हो । तर हसिया हथौडा, कलम के के हो केमा मत कसरी माग्ने र दिनेले पनि कसरी दिने। विचरा आफ्नो कार्यकर्ताले रुखमा त भोट नदिइ अन्तरघात गरेको अवस्था काठमाडौं र कास्की ज्वलन्त रुपमा देखिएका छन्। यी ठाँउमा गठवन्धन नभएको भए र काँग्रेसीले रुखमा मत दिएको भए चुनाव जित्ने सम्भावना थियो।

राजनैतिक कार्यकर्ताले पनि आफ्नो विवेक प्रयोग गर्न त पाउन पर्छ नि होइन। झलनाथको विलौना राजनैतिक रुपमा एक अराजनैतिक र आफैंले आर्जेको दल त्यागि नयाँ दल खोल्ने एक लोभी, र पापीको नाम बदनामी काम कमाएका एक अग्रज देशको प्रधानमन्त्री भैसकेको नेतालाई एकपटक नियालौंत! उनी फुटेर हारेका हुन भने अरु शिर्षस्थ नेताहरु जितेर पनि हारेकै हुन।
कस्तो अनुभूति हुनेहोला: जितेर पनि हारेको। छ्या।
अव त सचेत हुनुपर्ने हो कि, हैन र? ङ्यार ङयार गरेर हुदैन। कमसेकम त्यो धोविको जति बुद्दी भएको भए अर्थहिन गधालाई बेचेर धन आर्जन गर्न सक्ने थियो नकि देशको अस्मिता। त्यही धोविको जति मात्र विवेक प्रयाग गर्न सकेको भए विच्छिप्त हुन पर्रदैनथ्यो ।

चन्द्र कान्त पण्डित
पोखरा महानगरपालिका वडा नं ३२

तपाईको प्रतिक्रिया