लिनु र दिनु केही छैन भने बोल्न केही अप्ठ्यारो छैन, र यसमा कोही कसैले गलत तरिकाले नसोचिदिनको लागि पनि अनुरोध गर्दछु।
अहिलेको आम गठबन्धनको चुनावको नतिजाले राम्रो संकेत गरिरहेको छैन। जनताको आक्रोश असिमित रुपमा झल्किएको छ। राजधानीका १० वटा सिटमा ४ वटा सिटमा स्वतन्त्रले हात पार्नु भनेको वर्तमान राजनैतिक संकट देखापरेकै हो। जनता जनार्दनले वर्तमान राजनैतिक दलप्रतिको अविश्वास बढेकै हो। यसमा असहमत जनाउने स्थान छैन।

मुख्यत नेपाली कांग्रेसको राजनैतिक विचलन देखापरेको छ। नेतृत्व हराएको, अलमलिएको जस्तो देखिएको छ। एकै व्यक्ति बारम्बार दल र सरकारमा नेतृत्व गरेको छ। जब देशको मुख्य दलले नै संविधानको रक्षार्थ लाग्दैन भने यो संविधान कसले रक्षा गरिदिने। संघीय संसदको संख्याको आधारमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको छ तापनि जम्मा ५७ सिटमा चित्त बुझाउन परेको छ भने समानुपातिक मतको आधारमा जम्मा ३२ सिट प्राप्त गरी दोस्रो ठूलो दल भएको छ। प्राप्त ३२ समानुपातिक सिटमा चुनिएका नेतृत्वलाई हेर्दै गर्दा नेपालको संविधानले सोचेजस्तो पात्रहरुको चयन गरेको देखिदैन। जातलाई छोडेर यसको मक्षत पुरा गर्न सकेको छैन। समानुपातिक प्रणाली नै खारेज गर्नुपर्ने देखिन्छ। यसमा दलभित्रका व्यक्ति भन्दा पनि नेताका मानिस परेका छन्, परिवार भित्रका मानिस छन्।

नेपाली कांग्रेसले चुनाव अगाडि भावि प्रधानमन्त्री यो हो भनेर भन्न सकेन। दलभित्रका युवा देखि वृद्ध नेताहरु आफै स्वघोषित रुपमा आफुलाई प्रधानमन्त्रीको उमेदवार भनी घोषणा गर्नुभयो र आसा र भरोसालाग्दा नेताहरुले चुनाव जितेर आउनुभएको छ। त्यसैले तपाईं चुनाव जितेर जनताबाट अनुमोदित भएर आउनुहुने सबै सभासदहरु बधाईका पात्रहरू हुनुहुन्छ ह्रदयदेखि बधाई प्रदान गर्दछु।

नेपाली कांग्रेसको युवा नेता तथा निर्वाचित सभासद तथा महामन्त्री विश्वप्रकाश शर्माको संचारका माध्यममा दिइएका अभिव्यक्ति साच्चै अर्थपूर्ण छन्, ओझिला पनि छन र नेतृत्वलाई नेता जस्तो भएर उभिनको लागि हौसला प्रधान गरी नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने दिन आएमा पनि आफु सरकारमा नजाने घोषणा गर्नु र अवको नेपाली कांग्रेसको संसदीय दलको नेतामा नयां अनुहार आउनुपर्छ, जसले गर्दा वर्तमान पार्टी सभापतिको मान मर्यादा आकसिन्छ भन्नु भएको छ। विना पूर्वाग्रह रुपमा कसैले सोच्न सक्छ भने विध्वप्रकाश नै पहिलो व्यक्ति जसले सशक्त रुपमा आवाज उठाउन सफल देखिनुभएको छ। त्यसैले उहाँ विशेष धन्यवादको पात्र हुनुभएको छ।

उहाँले आफुलाई छोडेर नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल, युवाहरुको रोजाइमा रहेको गगन थापा, मधेशको प्रतिनिधित्व गरिदिने बिमलेन्द्र निधि, जनजातिको तर्फबाट र राजनैतिक विरासत जोगाउन सफल गणेशमानका पुत्र प्रकाशमान सिंह, देउवाका विश्वास पात्र पूर्ण बहादुर खड्का, नेतालाई खुलमखुल्ला वहसको लागि लल्कार्न सक्ने डा चन्द्र भण्डारी, कोइराला परिवारका ससांक र शेखर कोइराला र आफ्नै बल वुताले नेतृत्वमा जवरजस्त तरिकाले अगाडि बढेको धनराज गुरुङ आदिमध्ये एक संसदीयदलको नेता चुनिनुपर्छ भन्दैगर्दा गगनकुमार थापालाई जोड दिनुभएको छ , जुन न्यायोचित पनि देखिन्छ।

त्यसैले स्पष्टट रुपमा अरुको नामनलिइ संसदीय दलको नेता अव देउवाको बिकल्प हुनुपर्छ भन्ने सोच स्पष्ट राख्नसक्नुभएको छ, त्यसैले नेताको पहिचान बन्न पुगेको छ र कहिलेकाहीँ पदले भन्दा पनि त्यागको नेता सर्वपुज्य हुने कुरा नेपालका लौह पुरुष गणेशमानले प्रमाणित गरे भने भारतका महात्मा गान्धीले। अव देउवाले संसदीय दलको नेताको मोह त्याग्नुपर्छ र समग्र नेपाली कांग्रेसको मात्र नभएर नेपालीको नेता बन्ने हैसियत देउवाले संसदीय दलको नेता त्याग्नुपर्छ र नेपाली कांग्रेसको नेता त्रय गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला पछिका त्रय नेता शैलजा आचार्य हुनुहुन्न, रामचन्द्र पौडेल र शेरबहादुर देउवा नै हो। अवको संसदीय दलको नेतामा अहिलेको लागि शेरबहादुर देउवालाई सहयात्री र करिब करिब कुनै आर्थिक प्रलोभनमा नफसी नेपाली कांग्रेसलाई विचारले डोर्याउन पर्छ भन्न सक्ने विदेशीको आँखामा नपरेको नेता रामचन्द्र पौडेललाई एक पटक राजनैतिक रुपमा नेपाली कांग्रेसले इज्जत गर्नसक्ने जमात हो भनी नेपाली जनतालाई बुझाउनको लागि पनि सर्वसम्मत रुपमा संसदीय दलको नेता चुन्न सक्नुपर्छ र नेपाली कांग्रेसले सरकार गठन गर्ने अवसर आयो भने सशक्त युवाहरुलाई अर्थमन्त्री, गृहमन्त्री, शिक्षा मन्त्री र विदेश मन्त्रीको जिम्मा दिइ सबैको सोच अनुसार अगाडि बढेमा सबैको कल्याण हुनेथियो।

बरिष्ठ नेता रामचन्द्र पौडेलको विचारमा गाउँलाई समुन्नत बनाइ गाँउको मानिसहरु गाउँमा रहन सक्नुपर्छ भन्ने सोच नै नेपालको आवश्यकता हो। त्यसैले नेपाली कांग्रेसले एक पटकको लागि, तनहुँ र गण्डकी प्रदेशको लागि र समग्र नेपालीहरुमा राजनैतिक रुपमा बढ्नको लागि एकोहोरो त्यागले पनि देशको प्रधानमन्त्री बन्न सक्छ है, विवाहको लागि राजनीतिमा लागेको कारण विवाह समेत गर्न कठिन भएको व्यक्ति, गाँउमा हुर्किएको व्यक्ति देशको प्रधानमन्त्री बन्यो भन्दा सबैको इज्जत उच्च हुनेछ।

माथि उल्लेखित व्यक्तिहरु प्रति कसैसँग व्यक्तिगत रुपमा सायद मेरो नामले याद गर्न सक्नुहुन्न होला भने मैंले चिनेको छु भन्ने वेकार हो। मैंले विना भेदभाव यति शव्द पोखिदिदैगर्दा समयको मागलाई व्यवस्था गरेको नसम्झि त्याग र तपस्याको मुल्यांकन गरिदिनसक्नुपर्छ भनेर मात्र रामचन्द्र पौडेलको नाम लिएको छु। सायद उहाँले मलाई व्यक्तिगत रुपमा नचिन्न सक्नुहुन्छ।
यदि यस लेखले कोही कसैप्रति पिडा दिएको छ भने यसलाई मेरो नितान्त व्यक्तिगत सोच हो भनि बुझिदिनुहुन अनुरोध गर्दछु।
मेरो भनाइ यति हो कि: राजनिति त्याग , तपस्या र सोचले नेतृत्व गर्नुपर्छ। यसको केही लक्षणहरू रामचन्द्र पौडेलमा देखिन्छ।
त्यसैले नेपाली कांग्रेसको संसदीय दलको नेता केबल एक पटकको लागि उहाँलाई सर्वसम्मतिमा छोडिदिए राम्रो। यदि यसो गरेमा काँग्रेस एक भइ अगाडि बढ्न सक्छ र लोभबाट टाढा रही सुदामा निति अबलम्बन गर्न सक्नुपर्छ।

चन्द्र कान्त पण्डित
पोखरा महानगरपालिका वडा नं ३२, कास्की

तपाईको प्रतिक्रिया