केन्द्रिय बचत तथा ऋण सहकारी संघ लि ले नेफ्स्कून विद्वता पुरस्कार डाक्टर देश मर्दन बस्न्यातलाई आज प्रदान गर्यो ।
यस केन्द्रीय संघको स्थापना दिवसको अवसरमा सहकारी क्षेत्रमा खोज अनुसन्धान गरी योगदान पुर्याउनु भएकोले आ.व. ०७८/७९ को नेफ्स्कून विद्वता पुरस्कारबाट सम्मानित हुनुभएका सहकारीविद श्री देशमर्दन बस्न्यात,पीएच.डी. ज्यूलाई संघको ३५ औं वार्षिक साधारण सभाको सु-अवसरमा यो सम्मान पत्र प्रदान गरिएको छ ।
उहाँ को Ph.D थेसिस शिर्षक ” नेपाली बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुमा व्यक्तित्व विशेषता स्व-प्रभावकारिता र संगठनात्मक प्रतिबद्धताहरूबीचका सम्बन्धमा” प्यासिफिक एकाडेमी अफ हाइएर एजुकेशन एण्ड रिर्सच विश्वविद्यालय, ब्यवस्थापन संकाए भारतबाट बस्न्यातले बिध्यावारीधी
Ph.D गर्नु भएको छ ।
लामो समय देखि सहकारी क्षेत्रमा योगदान दिदै आउनु भएका बस्न्यात बौद्धिक बेक्तित्व हुनुहुन्छ । काठमाडौको धर्मस्थलीमा जन्मिनु भएको बस्न्यातले यति ठुलो संम्मान पाँउदा धर्मस्थलिका सबै स्थानीय बासिन्दाहरु निकै हर्सित छ्न। उहाँ वचन बचत तथा ऋण सहकारी संस्था .लि.डिल्लीबजार काठमाडौको पुर्ब सचिवको रूपमा काम गर्नु भएको थियो ।
उहाँ सहकारी ऐन २०७४ लागू भएपछि सचिव पदबाट राजिनामा दिई त्यस् पश्चयात उहाँ सोही वचन बचत तथा ऋण सहकारी संस्था लि. डिल्लीबजार काठमाडौमा प्रबन्ध निर्देशकको रूपमा कार्यरत हुनुहुन्छ ।
पत्रकार शान्तिदिप रेग्मीको रिपोर्ट