नेपालकाे राजनीतिमा प्राय सबै दलका शीर्षस्थ नेतृत्वमा मै खाउँ मै लाँउ सुखसयल वा मोज मैं गरौ भन्ने भावना वृद्धि भएको छ, लोभले वास गरेको छ, जसले गर्दा समग्र नेपाली विदेशी ऋण बोक्न वाद्य छन्।

नेपालका राजनीतिले २०६२/०६३ भन्दा पहिले राजा विनाको नेपाल को कल्पना गरेको थिएन र असम्भव नै देखियो तर संविधान सभाको चुनाव पश्चात राजा एकादेशमा कथा बनिसके।

२०५२मा संसदीय व्यवस्थामा असन्तुष्टि जनाउँदै जंगल पसेका प्रचण्ड र बाबुराम राम यही संसदीय व्यवस्थाले नै प्रधानमन्त्री बनायो।

प्रचण्डले देउवालाई प्रधानमन्त्री स्वीकार गर्ने तर देउवाको कारणले नै संसद बन्न सकेका प्रचण्ड आज देउवालाई घर न घाटको बनाउन सफल भएका छन् किनकि उनले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न सकेनन।

गणितीय हिसाबले देउवाको हठ ठिक देखिए पनि विना वैशाखीमा हिड्न सक्ने सामर्थ्य नभएपछि कहीँ कति सम्झौता गर्नुपर्ने थियो त्यो गर्न सकेनन्। त्यसैले आज देउवा आलोचनाको पात्र बनेका छन्।

अन्तिम समयमा आएर एकल प्रयास गर्दै गर्दा राजनितिका चतुर खेलाडी प्रचण्ड र वोलिको खेल बुझेका थिएनन् किनकि देउवा सत्तामा थिए। सत्तामा भएको मानिस अन्धो हुन्छ, बहिरो हुन्छ, त्यही पुष्टाई गरे देउवाले।

प्रचण्डकि छोरी रेणुलाई भरतपुर महानगरपालिकाे २ पटक सम्म नगर प्रमुख बनाइदिए पनि नेपाली कांग्रेसलाई वर्ग शत्रुको रुपमा २०५२ मा मानेको कुरो अहिले आएर पनि त्यही हालतमा प्रचण्ले पुर्याइदिए। आज उनी सत्ता प्राप्तिको खेलमा चतुर प्रमाणित गरिसके। बनाइदिए। त्यसैले चतुर्याले प्राप्त गरेको अवसर नेपाल र नेपालीको भाग्य निर्माणमा प्रयोग हुन सकोस् शुभकामना।

नेपाली कांग्रेसले अघिल्लो स्थानीय चुनाव देखि नै नेपाली कांग्रेसको मतले माओवादी विजयी प्राप्त गरी संघीय चुनावमा लात हानेको हो नि। अहिले आएर सरकार गठन हुने बेलामा प्रचण्डले लात हाने वा देउवाले। जे भयो गलत भयो , नेपाली जनताको जनमतको अनादर भयो। किनकि पाँचदलले नेपाली जनतासँग मत माग्दा भावि सरकार बनाउने र पाँचवर्षसम्म पाँचदलीय सरकार रहने भनी व्यक्त गरेका भाषणले आज नेतृत्वलाई जिस्काईरहेको छ र राजनीति झुट र छलको खेतिको पुष्टाईं गरेको छ।

भन्ने गरिन्छ – दुध दिने गाईको लाति सहनुपर्छ । तर पनि दुहुनु अगाडि गाईको खुट्टामा डोरीले बाध्नु पर्थ्यो । पाँचदलका नेताले दुहुनु अगाडि खुट्टा डोरिले बाधें झै बाँध्नु पर्ने थियो बाँधेनछन कि। लाग्यौ होला ग्यानी छ । तर बेमान निस्किएर दुहुने वेलामा गाईले ३२ वटा दाँत नै झारिदिएछ। कठै नेपालको नेतृत्व। बालबच्चाले के बुझ्ने।

आज आएर चुनाव अगाडिको गठबन्धन गलत राजनैतिक अभ्यास थियो भन्ने पुष्टि भयो। यो केही मुट्ठीभरका नेताको स्वार्थ पुर्तिको लागि साधन थियो भन्ने सन्देश दिएको छ।
आज नेपाली कांग्रेसलाई ४०वर्षे चिलको अवस्थामा छ। कि मर कि बदल।
आफुलाई बदल्न सक्ने चिल १५० दिनको अनवरत अभ्यास पछि उसको कुप्रिएको ठुँड / चुच्चोलाई ढुङ्गामा रगडी धारिलो पारी पुराना अर्थहिन प्वाँखलाई उखेलेर फाली नयाँ जीवन पाएझैं अरु ३०/४० वर्ष जिउन योग्य बनाउँछ‌।आज काँग्रेसको अवस्था त्यही छ। काँग्रेसले अव पनि आफुलाई सुधारेन भने, एकै व्यक्तिलाई पैतृक सम्पत्ति प्राप्त गरे झैं सधैं टाँसिरहने गर्छ भने अर्को चुनाव सम्ममा अस्तित्व मेटिन सक्छ। एक चरा चिलले त आँफुलाई पुनर जीवन ल्याउन सक्छ भने ७७ जिल्लामा रहेका प्रत्येक स्थानीय तहमा समेत आफ्नो संगठन भएको दल अवको पाँच वर्ष असल प्रतिपक्षको भुमिकामा रहनसक्नुपर्छ। सरकारको असल कार्यलाई समर्थन र प्रोत्साहन र गलत कार्यलाई विरोध गरी अगाडि बढ्नुबाहेक अन्य विकल्पले जिम्मेवार राजनैतिक दल बन्न सक्दैन।

आजको दिनमा आएर केपी बोलि चतुर राजनीतिज्ञका रुपमा स्थापित गरे। काँग्रेसलाई माछो माछो भ्यागुतो र पानी वारावारको माओवादीलाई उनको शरणमा पुग्ने बनाउन सफल रहे। दुई मुख्य पद सभामुख र राष्ट्रपति हातपारेपछि पछिका दिनमा खेल खेल्न पनि सजिलो हुने वातावरण तयार पारे।

सबैलाई आफ्नो भुमिकामा रही पाँच वर्ष सफलताका साथ संसद चलोस, र राजेन्द्र लिङ्गदेलले भनेको शब्द र प्रचण्डले काँग्रेसको अधिवेशन नेतालाई चोर भन्छन भनी सोधेको र दर्शकबाट हो र भन्छन भनी गरिएको पुष्टाई गलत सावित गरी सर्वस्वीकार्य नेताको रुपमा पहिचान बनाइ नेपाल र नेपालीको कल्याणका लागि काम गर्ने नेतृत्वको रुपमा अगाडि बढ्नुहोस्, यही रह्यो मेरो तर्फबाट सफलताको शुभकामना।

चन्द्र कान्त पण्डित
पोखरा महानगरपालिका
वडा नं ३२, कास्की

तपाईको प्रतिक्रिया