ताम्रेश्वर बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा यहि मिति २०७९/०९/०९ शनिबार मित्रपार्क मा रहेको आर बि होम पार्टी प्यालेस सप्पन्न भयो।
ताम्रेश्वर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सुवास भारतीको अध्यक्षमा समपन्न भएको सभाको प्रमुख अतिथि काठमाडौ महानगरपालिका सहकारी बिभाग प्रमुख बिमला कोईराला हुनुहुथ्यो।
सो कार्यक्रम विशेष अतिथिरूपमा नेपाली काङ्ग्रेसका नेता तथा पुर्ब प्रदेश सदस्य नरोतम बैद्य्य हुनुहुन्थ्यो। कार्यक्रममा स्थानीय समाजसेवि, सस्थाका बोर्ड सदस्यहरु , सल्लाहकारहरु र संस्थाका सेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । बिगत लामो समयदेखि काम गरिरहेका सो सहकारी संस्थाको काठमाडौको सिफल स्थित केन्द्रीय कार्यालय रहेको छ। कोरोना महामारीबिच संस्थाले राम्रो काम गरीरहेको जानकारी सो सभामा बोल्ने बक्ताले बताए।
सभामा बोल्ने बक्ताहरुले सहकारी संस्थाहरु दिन प्रतिदिन नराम्रो समाचार सुन्नु परीरर्हेको अबस्थामा, अरु सहकारी संस्था भन्दा फरक ढंगले काम गर्दै चुनौतीहरु पार गदै अगाडि बडिरहेको बताए ।