पृथ्वीनारायण शाहलाई अरुले जे सुकै माने पनि मेरो बुझाइमा उनी राष्ट्र निर्माता नै हुन। उनै राजा हुन जसले गौतम बुद्धलाई नेपाली, सगरमाथालाई नेपाल, जानकी मन्दिरलाई नेपाल, कालापानी आदि सबै नेपालको भु-भागलाई नेपाल भित्र गाभी नेपालको आकार र मान बढाएका हुन र म आफै नेपाली पनि उनकै पौरखले बनेको हुँ, त्यसैले भन्नै पर्छ प्रचण्डले इतिहासमा गरेको एक गल्तीलाई सच्चाएकोले साधुवादको पात्र बनेका छन प्रचण्ड। त्यस अर्थमा पनि बिश्वासको मत लिएर हिजो १० वर्षे जनयुद्ध वा अन्य के त्यो गलत थियो भनेभन्ने पुष्टाइको एक दिन रह्यो पौष २७। यसै सन्दर्भमा म पोखराको निवासी भएकोले पृथ्वी चोकमा पनि पृर्थ्वीनारायणको शालिक अनावरण गरिदिमा दोस्रो गल्ती पनि सच्चीने थियो। मेरो माग रह्यो। लखन थापाको शालिक अन्य कहीँ राखिदिँदा हुन्छ, त्यो पृथ्वी चोक हो।
हुन त शालिक कसैको नराख्दा राम्रो। राखिएको शालिक फाल्नु झनै नराम्रो। शालिक निर्माण घमण्डको पराकाष्ठा पनि हो। बनिसकेको शालिक भत्काउनु , ढलाउनु झघन्य अपराधै हो। किनकि मरेको व्यक्तिको शालिक वनाइएको हुन्छ। उसलाई भावि पिढिले चिनोस भनेर बनाउन लगाइन्छ। बनेको शालिक भत्काउनु भनेको त्यस बेलाका व्यक्तिको शिपको हत्या पनि हो। त्यसैले सरकारले कसैको नाम शालिक आदिको निर्माण गर्न लगाउनु गलत कार्य हो। यस्ता कार्यलाई अन्त्य गर्नुपर्छ। अव प्रचण्डले बाबुराम भट्टराई र मार्सी चामलको भात खुवाउने व्यवसायी दुर्गा प्रसाईले भनेको कुरो प्रचण्डको नाममा दुवै लगायत अन्य वैंकमा विदेशी बैंकमा नेपाली पैसा लगेर राखिएको छ भने अरुलाई अनुसन्धान गर्ने अवसर नदिइकन आफैंले त्यो पैसा नेपाल भित्राइ नेपालको विकासको लागि खर्चनु पर्यो कि ती दुई पात्र लगायत अन्य व्यक्तिलाई कारवाही गर्नु पर्यो। व्यक्तिको बन्दाम गर्ने छुट प्रजातान्त्रिक मुलुकमा हुनुहुँदैन पौष २७लाई जसरी सच्चाइयो त्यही सामर्थ्य राख्न सक्नुपर्छ यस्ता प्रसंगमा पनि।
हिजो दौरा, सुरुवाल कोट र टोपिमा सामन्तको दुर्गन्ध थियों, दुइपटक प्रधानमन्त्री हुँदा देख्न पाइएन तर आज पियारो भयो र शरिरमा सुहाएको छ, तर प्रचण्डको अनुहार मलिन देखिन्छ। देशको प्रधानमन्त्रीको अनुहारमा मन्द मुस्कान देखिनुपर्छ। कहीँ कतै केही लुकेको भाव देखिन्छ आत्मग्लानी त्यो अनुहारमा। जसले जे भने पनि नेपाललाई विकासको गतिमा पचासौं वर्ष पछि पार्ने व्यक्ति हत्याको राजनिति रह्यो नेपालको इतिहास २०५२-२०६२।
शक्ति बन्दुकको नालबाट होइन ब्यालेटबाट प्राप्त हुृदोरहेछ। बन्दुक बोक्दा सन्सारले आतंककारीको रुपमा चिन्यो तर ब्यालेटले देशको प्रधानमन्त्री। कति फरक। टाउकोको मुल्य तोक्नेले प्रजातान्त्रिक अभ्यासमा आइपुग्दा आफुलाई घात गरे पनि बैगुनीलाई गुनले मारी राजनीतिमा नयाँ अभ्यासको खेल सुरु भएको छ। प्रजातन्त्र भनेको नै जनताको को आधारमा काम गर्ने हो। अहिलेको अभिमत भनेकै मिलिजुली हो। भ्रष्टाचारलाई सखाप पार्न, जनताले लगाइएका आरोपलाई अन्त्य गर्न पदबाट बाहिर निस्केको समयबाट नै देशको कुनै प्रकारको सुविधा लिने परिपाटिको अन्त्य गरिदिनुपर्छ। जसरी कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्रीबाट बाहिर निस्किए उनी, छाता, सुराइ, र टिनको बाकस बोकेर एक असल अभ्यास सुरु गरेका थिए त्यस्तै अभ्यासको सुरुवात डा. रामवरण यादवले गर्नुपर्ने थियो। त्यो गर्न सक्नु भएन। अव विद्यादेवीले त्यो सामर्थ्य देखाउन सक्नुपर्छ। सामान्य नागरिकको हैसियतमा हिजो जसरी रहनुभयो त्यही हैसियतमा रहने आँट गर्नुपर्छ। सरकारले पनि सुरक्षा पनि सामान्य नागरिकको हैसियतमा भयो भने बल्ल त्यो प्रजातन्त्र हो, प्रजातान्त्रिक आचरण हो, मौलिक हकभित्रको समानताले बल्ल काम गरेको ठहरिने छ। जहाँ असल अभ्यास हुन्छ त्यहां प्रशंसा पनि हुन्छ। हिजोको आतंककारी आजको प्रधानमन्त्री। समय बलवान छ। समयले मानिसलाई बदलिदिन्छ। विकासको खाका कोर्दा बदलिदै गर्दा महलमा रहनेलाई मान देउ झुपडीलाई कसरी महलमा परिणत गर्न सकिन्छ सुदामा कि श्री मती बशुन्धराको अभ्यास गरे नेपाल १० वर्ष भित्रमा सानो, सुखी र शक्तिशाली राष्ट्रको रुपमा पहिचान बनाउने छ।
मिलेमा हाँसो र गलत अभ्यासमा पश्चाताप बाहेक केही हुँदैन। प्रधानमन्त्रीले साहस बटुलेर हिजोको दिनमा गरेको गल्ती सच्चाउन पर्छ। टिचिङ अस्पतालमा भएको लासको अन्तेष्टि गर्ने अवसर दिलाउन पर्छ, रेणु दाहालले पाएको अधिकार उहाँलाई शक्तिमा पुर्याउने ती क्रान्तिकारी योद्धाले पनि पाउनुपर्छ। हिजो अरुलाई जहानियाँ भनी अरुलाई लगाइएको ट्याग आफुले पहिरन हुदैन। पहिरनै पर्छ एकपटक जनता जनार्दनसँग माफी मागि पहिरनु पर्छ। त्यसमा पहिचान छ भने अंहकारमा अन्त्य। नाशवान शरिर एक दिन नास हुने नै हो हो तर उसको कृति अम्मर हुने हो।
जसरी पृथ्वीनारायण नारायण शाहलाई हेरियो गल्ति सच्चाइयो त्यसरी नै भावी दिनहरुमा मानवीय समाजमा अनुकरणका नमुना बन्न सकुन , ठिक व्यक्ति योग्य ठाँउमा रहुन, संविधानले उजागार गरेका अधिकार सबैले प्रयोग गर्न पाउन, नेपालीले विदेशीको सिको होइन बिदेशीले नेपालको सिको गर्ने , नेपाली युवा नेपालमा नै रही नेपालमा नै उसको भविष्य देख्न सकोस, समग्रमा मानवताको असल अभ्यास को रुपमा नेपाल रहोस, यही नेपाल सरकार अगाडि बढोस्, शुभकामना छ सफल र पूर्ण ५ वर्षे कार्यकालको। कुनै पद र प्राप्तिको लागि नेताकोमा धाउने दिनको अन्त होस। प्रजातन्त्र छ र असल अभ्यासको लागि बुझ्नको लागि नेपाल खुल्ला विश्वविद्यालय बन्न सकोस मेरो शुभकामना यही रह्यो।
चन्द्र कान्त पण्डित
पोखरा महानगरपालिका
वडा नं ३२, कास्की।