ललितपुरको धोबिघाट स्थित रहेकोे मन्जुश्री माध्यामिक बिद्यालयले डाक्टर देश मर्दन बस्न्यातलाई भावनात्मक बुद्धिमत्ता शिक्षा सम्मान पत्र प्रदान गर्यो । उक्त बिध्यालयका प्रधानअध्यापक मुकुन्दराज खानाललेज्युको मुखराबिन्दुबाट उदघोषण भएको थियो ।
सो विद्यालयले समाजसेवी बस्न्यातले बिगत दुई दशक देखि क्रोध रहित जीवन शिक्षा क्षेत्रमा काम गरि योगदान पुर्याउनु भएकोले सम्मानित गरेको जनाएको छ।
डा. देशमर्दन बस्न्यातलाई बिध्यालयको ३३ औं वार्षिक समारोहको सु-अवसरमा यो सम्मान पत्र प्रदान गरिएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको हातबाट डाक्टर बस्न्यात सम्मानित हुनु भयो।
लामो समय देखि सहकारी क्षेत्रमा समेत योगदान दिईरहनु भएको बस्न्यात सहकारीका कर्मचारीहरुको विषयमा बिद्यावारीधी गर्नु भएको बौद्धिक ब्यक्तित्व हुनुहुन्छ ।
डा.बस्न्यात क्रोध रहित संसार सस्थासंग आवद्धता रहेर स्थापना भएको वचन बचत तथा ऋण सहकारी संस्था .लि.डिल्लीबजार काठमाडौको पुर्ब सचिवको रूपमा काम गर्नु भएको थियो ।
उहाँ सहकारी ऐन २०७४ लागू भएपछि सचिव पदबाट राजिनामा दिई त्यस् पश्चयात उहाँ सोही वचन बचत तथा ऋण सहकारी संस्था लि. डिल्लीबजार काठमाडौमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ ।
उहाँ सन २००७ देखि क्रोध रहित जीवन शिक्षाबाट ११ हजार भन्दा बढी बालबालिकाहरु उक्त शिक्षाबाट दिक्क्षित भैसकेको र बिगत लामो समयदेखि भावनात्मक बुद्धि तथा शान्ति सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन गदै आउनु भएको छ।
अमेरिकी नागरीक डाक्टर डिन भ्यान लुभ्यानको प्रेरणा र प्रा.डा मुरारी प्रसाद रेग्मीको हौसला र डाक्टर लक्ष्मण शाक्यको साथले सामाजिक सेवामा लागिरहेको बताउनु हुन्छ । समाजमा सामाजिक कार्य गरि छुट्टै स्थान बनाउन सफल डाक्टर अति मिलनसार हुनुहुन्छ ।
दु:ख, सुखमा साथ दिने उहाँ असल बिचार र दयालु स्वाभावको हुनुहुन्छ । देश बिदेशमा पनि उहाँकै चर्चा छ । उहाँ मेहनती ईमानदार स्वभावको हुनुहुन्छ ।
आफूसंग समयको अभाव हुँदा पनि समाजको सूक्ष्म सामाजिक तथा आर्थिक उनन्तीमा लागिरहने बस्न्यात दुई दशक देखि सामाजिक तथा आर्थिक कार्यमा लागिरहनु भएको छ। उहाँ हाल नेपाल खुला बिश्वविद्यालयमा अध्यापन समेत गर्नु हुन्छ ।
पत्रकार : शान्तिदिप रेग्मी