गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोभिड–१९को संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी सर्तक सहन सबैलाई आग्रह गरेको छ ।
आज एक बिज्ञप्ति प्रकाशित गरी कोभिड–१९ महामारीसंग भिडेर त्यसमाथि विजय प्राप्त गर्न आवश्यक पूर्व तयारीकन लागि लकडाउन गरिएको भएतापनि लकडाउन अवधिको पूर्ण सदुपयोग नगरिएको बताइएको छ। तथा पुर्व उधोग मन्त्री  तथा अध्यक्ष गणेशमान सिंह अध्ययन प्रतिष्ठानकाअध्यक्ष नविन्द्रराज जोशीले हस्ताक्षेर गरेको बिज्ञप्तिमा पूर्वतयारीको अभाव, खराब शसकीय अभ्यास, दुरदृष्टिको अभाव, प्रभावकारी योजनाको अभाव, जनतालाई सुसुचित नगरिएको जस्ता कुराले लकडाउनले कोरोना भाईरसको प्रसार त रोक्न सकेन नै यसले आम नागरिकलाई असह्य पिडा थप्ने काम गर्यो । यसबाट सिर्जित चरम आर्थिक संकट, मूल्य बृद्धि, भुखमरी, मानसिक स्वास्थ्य समस्या, रोगव्याधिको उपचार पाउन नसकेको अवस्था, कोभिड–१९ संक्रमण र मृत्यूको जोखिम उठाउन नेपाली जनता वाध्य भएको उल्लेख गरिएको छ ।

अध्यक्ष  जोशीका अनुसार कोभिड–१९ गर्दा सिर्जित समस्याको संदर्भमा यस प्रतिष्ठानले निरन्तर उठाएका विषयहरु जस्तै पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारन्टाईन र उपाचारको क्षमता र गुणस्तर अभिवृद्धि हुनु पर्ने, जोखिममा रहेका समुदायलाई उपचार र सहयोगका साथै रोजगारीको सुनिस्चितता हुनुपर्ने, भारत लगायत अन्य मुलुकबाट आएकाको अनिवार्य पीसीआर परीक्षण गरि क्वारेन्टाईनको उचित व्यवस्थापन गरि राख्ने, अनुगमन सहितको आवागमन जस्ता कुराहरुको औचित्य पुःन प्रमाणित भएको छ । यस्ता विषयहरुमा सरकार विगतमा गम्भिर नहुनु विडम्बना हो ।
कोभिड–१९ नियंत्रणको लागि प्रभावकारी र पारदर्शी कार्यक्रम संचालन गर्न देशव्यापी रुपमा यूवाहरुको स्वतस्फूर्त आन्दोलन जारी छ । यी मध्ये यस आन्दोलनका अभियन्ता ई विगत १८ दिन देखी सत्याग्रहमा छन् र उनको स्वास्थ्य अवस्था प्रतिकूल हुँदै गैराखेको छ । यी यूवा आन्दोलनकारी हरुको माग प्रति यस प्रतिष्ठान एक्यवद्धता व्यक्त गर्दछ र सरकारलाई आन्दोलनकारीहरुको माग तत्काल पुरा गर्न आह्वान गर्दछ भनिएको छ ।

देशव्यापी लकडाउनले समस्याहरु अझ गहिरो हुन सक्ने अवस्थालाई मनन गर्दै यथेष्ठ पूर्वतयारी, संबन्धित निकायहरुका बीचमा समन्वय, आम नागरिकलाई पूर्ण सूचना, अस्पतालको क्षमता बृद्धिका साथै पीसीआर परीक्षण र सम्पर्कमा आएका व्यक्तिको पहिचान  द्वारा संक्रमणको उच्च जोखिम स्थल पहिचान गरी आवश्यक सावधानी र उपचारको उपलब्धता सुनिस्चित गर्ने तर्फ जिम्मेवारी पूर्वक कार्य गर्न हामी नेपाल सरकारलाई विज्ञप्तीमार्फत अनुरोध गर्दछौं भनिएको छ । अध्यक्ष जोशिका अनुसार संकटको घडीमा आम नागरिकको सुरक्षा प्रतिको दायीत्व पुरा गर्ने दिशा तर्फ कुनै पनि प्रकारको हेलचेक्रयाई नहोस भनि सरकारलाई खबरदारी गर्दै सचेत गराउन चाहन्छौं । यसका साथै आम नागरिकलाई सुरक्षित दुरी कायम गर्ने, मास्क लगाउने, हात धुने जस्ता कार्यलाई अनुशासित रुपमा निरन्तर गरिरहन सादर आग्रह गर्दछौ ।

तपाईको प्रतिक्रिया