- रबिन्द्र बराल

साउन २३ शुक्रबार,रंगेली निवासी एक महिलालाई विराटनगर महानगरपालिका काे १० नम्बर वडाले होटल क्वारेन्टीनको सुविधा दिएपछि रंगेलीमा संक्रमण फैलिएको खुलासा भएको छ । वडा कार्यलय काे चलानी नम्बर १५३३ नम्बरको पत्र काे अनुसार उनलाई असार २४ गते सम्धित बडा कार्यलय ले भारतको दिल्लीबाट नेपाल प्रवेश गरेकी रंगेली निवासी महिलालाई विराटनगर महानगरपालिका १० नम्बर वडाले होटल क्वारेन्टीनको सुविधा दिएपछि उक्त महिला होटल क्वारेन्टीनमा बस्दा र सावधानी नअपनाएका कारण एउटै परिवार का १४ जना काेराेना पुष्टि भएका हुन । वडा कार्यालयले होटल क्वारेन्टाइनमा बस्न सिफारिस गरेपनि सम्बन्धित महिला क्वारेन्टाइन नै नबसी सोझै बिरामी बुबालाई भेटन न्युरो अस्पताल गएको र एकसाता भित्रै रंगेली आफ्नो घर पुगेको खुलेको छ । उनको बुबाको निधन भएपछि सम्पूर्ण आफन्तहरु मलामीमा सहभागी भएका थिए । काजकिरिया सकाएर घर फर्कने बेला महिला तथा सबै परिवाकाे स्वाब संकलन गरी परीक्षण गर्दा घरका १४ जना सबै परिवारको कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनीसँगै परिवारलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि आफन्त लगायत कन्ट्याक्ट ट्रेसिङमा आएका दुईसय संख्या हाराहारीको स्वाब संकलन गरिएको छ । परीक्षण रिपोर्टको प्रतिक्षामा रहेका उनीहरुसँगै रंगेलीवासी भने आतंकित बनेका छन् । यता रंगेली नगरपालिका का मेयर दिलिप बगडिया संग जिज्ञासा राख्दा उनलेे भने भारतबाट आएको सम्बन्धित स्थानीय तहलाई जानकारी नगराई अर्को स्थानीय तहले सिफारिस दिदाँ समस्या आएकाेे र उक्त पत्र सहित जिल्ला प्रशासन कार्यालयसँग छानविनका लागि पठाएको समेत गरेको मेयर बगडिया ले बताए । यता बडा नम्बर १० का बडा सचिव मुकुन्द चन्द उपाध्य ले भने सिफारिस दिने काम जनप्रतिनिधि हरु काे भएको बताउदै आफुलाई कुन ठाउँ मानिस हाे सबै कुरा थाहा नभएको र यी कुरा हरु जनप्रतिनिधि हरुलाई मात्रै थाहा भएको हुनाले आफुले हस्तान्तरण मात्रै गरेको बताए । बडा अध्यक्ष माधव राज वाग्ले ले भने एक महिना अगाडि दिएकाे सिफारिस भएको हुनाले अहिले केही थाहा नभएको र वडा कार्यलय सन्चालमा आएपछि खाेजि गर्ने समेत वाग्ले ले बताए ।

तपाईको प्रतिक्रिया