विराटनगर,२४ साउन  प्रदेश १ मा शनिबार ६१ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४८, सुनसरीमा १० र प्रदेश २ का तर काम विशेसले विराटनगर आएका ३  जना छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३८३ पुगेको छ । प्रदेश १ मा शनिबार १ हजार ५३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा शनिबारसम्म ५१ हजार ६६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया