- रबिन्द्र बराल

साउन २८ बुधबार : रंगेली नगरपालिका भित्र को मुख्य बजार क्षेत्रमा समुदाय मा कोरोना फैलिए पछि पछिल्लो पटक ३ सय ७ जनाको स्वाब परिक्षण गरिएको थियो । जस अनुसार सता दिन अगाडि रंगेली ८ का एक पुरुष को मृत्यु पछि शुक्रबार ९१ जना को स्वाब परिक्षण गरिएकोमा ९ जना पोजेटिव फेला परेका हुन । जस अनुसार वडा नम्बर ५ को ४ जना वडा नम्बर ६ को ४ जना र वडा नम्बर ७ को १ जना रहेको छ । उनी हरु लाई जनता क्यापस को आईसोलेसनमा राखिने भएको छ । पछिल्लो पटक ३० जना मा पोजेटिव भेटिए पछि उनिहरु को कन्ट्याक्ट् मा आएका २ सय १७ जना को स्वाब परिक्षण को रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंन्डल ले बताए ।

तपाईको प्रतिक्रिया