विराटनगर,२८ ,काँग्रेस मोरंगका आमन्त्रीत जिल्ला सदस्य तथा वेलबारी नगरपालिकाका प्रत्यासि राजकुमार लिम्बुले कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन बिभागको सदस्य पद बाट राजिनामा दिएका छन । उनले सामाजिक संञ्जालमा स्टाटस पोस्ट गर्दै पद लिन अस्विकार गरेको घोषणा गर्दै राजिनामा दिएका हुन।

निशुल्क प्रध्यापन समेत गर्दै आएका लिम्बुले पोस्ट गरेको स्टाटसमा भनिएको छ,म मेरो पार्टी नेपाली काँग्रेस प्रति सदैव गौरव गर्छु । मलाई पार्टीले दिएको निर्देशन र जिम्मेवारी सदैव पुरा गर्दै अघि बढिरहेको सर्बबिदितै छ । यसै क्रममा पार्टीले सोमबार गठन गरेको बिभाग अन्र्तगत नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन बिभागको सदस्य पदमा उपर्युक्त सम्झिएर मनोनित गर्नुभएकोमा पार्टी र सभापति ज्यू प्रति हार्दिक आभार प्रकट गर्दछु ।देश यतिबेला कोरोना भाईरस ९कोभिड १९० को महामारीको सामना गरिरहेको छ । नागरिकहरु भय र त्रासमा बाँच्न बिवश छन । कतिपय सम्बन्धित निकाय गैरजिम्मेवार बनिरहेका बेला हामी हाम्रा नागरिकहरुको सुरक्षाका लागि रोकथाम र नियन्त्रणमा जुटिरहेका छौँ । यस्स्तो बिषयम परिस्थितिमा हामी पद भन्दा पनि नागरिकको सुरक्षाका लागि गम्भिर बन्नुपर्छ । नागरिक नै रहेनौँ भने के को पद अनि के को राजनीति,तसर्थ तत्कालका लागि यो बिषम परिस्थितिमा यो पद लिन अस्वीकार गरेको जानकारी गराउँछु । साथै सबै नागरिकहरुलाई यो बेला सचेत र सुरक्षित बस्न समेत अनुरोध गर्दछु । त्यस्तै काँग्रेस नेता शिवराज जोशिले पनि विभागीय पदमा बस्न असहमती जनाएका छन ।काँग्रेस प्यूठानका पूर्व जिल्ला सभापति सुवास केसीले विभागमा नबस्ने घोषणा गरिसकेका छन ।

तपाईको प्रतिक्रिया