विराटनगर ३ की ८७ वर्षीय बृद्धाको मृत्यु भएपछी शब व्यवस्थापनमा समस्या भएका छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकी वृद्धाको शनिबार राति मृत्यु भए पनि उहाँको शव उठेको छैन । बृद्धाका छोरा र बुहारीमा कोरोना पोजेटिभ देखिएको छ । बृद्धामा कोरोना नेगेटिभ देखिएको छ । छोराबुहारीलाई नै संक्रमण देखिएका कारण घरमा छिमेकी र आफन्त प्रवेश गरेका छैनन् । शव उठाउने मान्छे नभएपछि वृद्धाको शव घरभित्रको पलङमै छ ।बृद्धाका दुई छोरा छन् । संक्रमण पुष्टि भएपछि कान्छा छोरा मंगलबारयता आइसोलेसनमा छन् । जेठा छोरा काठमाडौंमा छन् । खतिवडा थरकी बृद्धाको स्यहारमा बसेकी वुहारीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । बृद्धाको शव रुघेर बुहारी र नाति बसेका छन् ।‘शव गनाउन सक्ने अवस्था आइसक्यो तर उठाउन सकिएको छैन का छन् ।

महानगरको स्वाब संकलन रोकियो
विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।आइतबार विराटनगर महानगरपालिकाबाट शंकास्पदको स्वाब संकलन गर्न खटिएका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।संक्रमित चिकित्सकमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरिएको थियो ।स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य महाशाखाका कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि महानगरपालिकाको स्वाब संकलन कार्य रोकिएको जनस्वास्थ्य निरीक्षक हैदर अलीले जानकारी दिए । अन्य स्वास्थ्यकर्मीको कोरोना जाँचपछि सोमबारबाट पुनः स्वाब संकलन गरिनेछ ।

तपाईको प्रतिक्रिया