- गोपाल पोखरेल

प्रदेश सरकारले पिसिआर परिक्षणमा असहयोग गरेपछी विराटनगर महानगर पालिकाले पिसिआर मेशिन खरिद गरेको छ । अब महानगर क्षेत्रका जनता स्वाब परिक्षणको रिजल्ट सुन्न ६ दिन कुर्नुपर्ने झन्झटबाट मुक्त हुने छन । महानगरले सो पीसीआर मेसिन सोमबार कोशि अस्पतालका अध्यक्ष महेश भटराई लाई हस्तान्त्रण गरेको छ ।

महानगरका प्रमुख भिम पराजुली र उपप्रमुख ईन्दीरा कार्कीले मेशिन हस्तान्त्रण गरेका हुन । स्वाब संकलन गरेको ५ दिनमा समेत कोरोना परिक्षणको रिपोर्ट नपाएछी महानगरपालिकाको चौतर्फी आलोचना भएको थियो । पिसिआर मेशिन आएपछी महनगरका जनप्रतिनिधिको प्रशंसा चुलीएको छ । महानगरका जनप्रतिनिधिको पिसिआर मेशिन खरिदगरेर ल्याएको कामको सबैले प्रशंसा गरेका छन । महानगरले खरिद गरेको मेसिन कोशी अस्पताल विराटनगरले सञ्चालन गर्नेछ ।

मेसिन सञ्चालनका लागि विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । मेसिन अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुने विराटनगरका उपप्रमुख ईन्दिरा कार्कीले जानकारी दिईन । मेसिनको बजार मूल्य २८ लाख पर्ने बताइएको छ  महानगरपालिकाले खरिद गरेको मेसिनको क्षमता एकै पटक ९६ जनाको पीसीआर गर्न सक्छ ।

स्रोतका अनुसार उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले सात लाख रुपैयाँ   , उद्योगी तुलसीराम अग्रवालले पाँच लाख, गोल्छा हाउसले पाँच लाख, कांग्रेस नगर सभापति अरुण न्यौपानेले एक लाख, प्रदेशसभा सदस्य केदार कार्की एक लाख, उद्योगी पारस लुनिया एक लाख  ,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरले एक लाख, उद्योगी प्रदीप मुरारकाले पाँच लाख , मेयर भिम पराजुलीले पाँच लाख सहयोग गरेका छन् । २० दिन अघि महानगरले संकलन गरेको स्वाबको  धेरै संञ्चारकर्मीको रिपोर्टको नतिजा आउन एक हप्ता लागेको थियो । त्यसपछी महानगरपालिकाको सेवामा धेरैले प्रश्न उठाएका थिए । तर पिसीआर मेशिन खरिद गरेर ल्याएपछी महानगरका जनप्रतिनिधिको धेरैले प्रशंसा गरेका छन । कार्यक्रममा विराटनगर महानगर क्षेत्रका वडा अध्यक्षहरु उद्धब अर्याल, विनोद वस्नेत, बद्री नारायण सरदार , देवेन्द्र पोखरेल , कुमार पोखरेल, लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया