- गोपाल पोखरेल

कोरोना संक्रमीतको संख्या बढीरहेको बेला नेपाली काँग्रेस १ नम्मर प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीको अगुवाईमा विराटनगरका ४ वटा वडाका घरहरुमा सेनिटाईज गरिएको छ । स्थानीय नेता अक्षय सहनिका अनुसार विराटनगर वडा न. ,५ ,६,७,९ ,११ १२, नम्मर वाडका विभिन्न घरहरुमा सेनिटाईज गरिएको हो । कोरोना संक्रमीत बसेका घरहरु र संक्रमण हुन सक्ने आशंका गरिएका घरहरुमा सेनिटाईज गरिएको हो । सेनिटाईज गर्ने मेशिन र केमिकल प्रमुख सचेतक कार्कीले सहयोग गर्नुभएको हो ।संक्रमण भएका कुनै घरहरु भए अझै सेनिटाईज गर्ने सचेक कार्कीले बताए ।

सोे वडाहरु क्षेत्र न. ६ को २ पर्छ । उहाँले आफ्ना जनताहरुलाई कोरोनाबाट जोगाउने उद्देश्यले सेनिटाईज गरिएको मोफसलको एक टेलिभिजन अन्तरवार्तामा बताउनु भएको छ । संक्रमण भएका कुनै घरहरु भए अझै सेनिटाईज गर्ने जनाईएको छ । सेनिटाईज गर्नेकाम दु्रत गतिमा भईरहेको छ । काँहि कतै छुटेका सम्पर्क गर्न भनिएको छ ।बिराटनगर ६ का युवा नेता समाजसेवी हरिश्चन्द्र सहनी अक्षयको नेतृत्व मा सथानिय युवा हरु बिकेश मुखिया ,बिशाल सहनी ,सुशील पासवान ,अविशेक सहनी ,बिबेक सहनि अमित सहनी, पिनटु पासवान ,शैलेस यादव जय सहनिले सेनिटाईज गरेका हुन ।  सरकार नाममात्रको भएको र केहि काम गर्न नसकेको बेला जनतामा निरासा छाएको अवस्थामा कार्कीको यस्तो कामको सबैले प्रशंसा गरेका छन । विराटनगर ५ का नविन दाहालका अनुसार यो बेलामा जनता विचमा सरकारको उपस्थिती नहुनु लाजमर्दाे कुरा भएको बताए । उहाँ मात्र होईन । स्थानीय निरज कार्की भन्छन,स्वास्थ्य उपचार जनताको नैसर्गीक अधिकार भएकाले सरकारले जनतालाई उपचार दिन नसक्नु सरकार छैन भन्ने हो कार्कीले जुन काम गर्नु भयो त्यो प्रशंसा योग्य छ । विराटनगरमा करिब २५ दिन अघि विराटनगरका युवाहरु लकडाउन तोडेर सरकार खोज्न सडकमा निस्कीएका थिए ।

नेता अक्षय सहनिका अनुसार विभिन्न ३ वटा समुह बनाएर सेनिटाईज गर्ने काम भईरहेको हो । सरकारले जनतालाई सुरक्षीत गर्ने योजना नल्याएपछी कार्की आफै जनता जोगाउने काममा लाग्नु भएको हो ।सो क्षेत्रमा गएको प्रदेस सभाको चुनावमा कार्कीले जित हासील गर्नुभएको थियो । जनप्रतिनीधीको हैसीयतले कार्कीको अगुवाईमा सेनिटाईज भएको हो ।

तपाईको प्रतिक्रिया