काङ्ग्रेसको नवीन उर्जा नविन्द्रराज जोशी नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला उपाध्यक्ष हुँदै राजनीति सुरु गरेका जोशी १६ वर्षकै उमेरमा२०३६ नेविसंघको केन्द्रीय सदस्य भए ,पञ्चायतको कालोदिनमा बहुदल र लोकतान्त्रिक व्यवस्थाका निम्ति सङ्घर्षमा होमिएका जोशी नेविसंघको काठमाडौं जिल्ला अध्यक्ष ,केन्द्रीय सदस्य ,सह महामन्त्री हुँदै महामन्त्री बनेका जोशी २०४८ सालको बुटवल अधिवेशनमा अध्यक्ष पराजित भएसँगै विद्यार्थी राजनीतिबाट पार्टीको राजनीति शुभारम्भ गरे ,गणेशमान सिंहको छत्रछायँामा राजनीति गरेका जोशी २०४९ सालमा काठमाडौं महानगरको उपमेयर भई जनप्रिय र लोकप्रिय हुन सफल भए ।२०५६ सालमा युवा स्वरोजगारका कार्यकारी उपाध्यक्ष (राज्यमन्त्री सरह) भएका जोशीले त्यसैबखतमा युवा स्वरोजगारका क्षेत्रमा थुप्रै नीतिगत काम । गरे । जोशीले २०५२ सालमा गणेशमान सिंह को जीवनीमा अध्ययन र अनुसन्धान गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठान खोले र गणेशमान सिंहको जीवनीमा अाधारित वीर गणेशमान चलचित्र समेत निर्माण गरे । गणेशमान सिंहका अनुयायी जोशीले २०६४-७० को संविधानसभा निर्वाचनमा भारीमतले काठमाडौं क्षेत्र नं८ बाट बिजय भए ,जोशी पहिलो संविधानसभामा नेपाली काङ्ग्रेस प्रवक्ता र सिमा अध्ययन समितिको संयोजक बने ,दोस्रो संविधानसभामा संविधान जारी भएसँगै पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री भई अब को यात्रा अार्थिक समृद्धि भन्दै २५ वर्षपछि अन्तर्राष्ट्रिय लगानी सम्मेलन नेपालमा अायोजना गरे ,बन्द उद्योग खोलाउने ,उद्यमशीलता ,युवा ,उद्योगको विकास लगायत थुप्रै राम्रो काम गरेका जोशीमाथि जनताको विश्वास झनै बढ्यो ।किसुुनजी र गणेशमान जीसँग निकट रहेर ,गणेशमान सिंह ,गिरिजाप्रसाद र किसुनजीसँग मध्यस्थता कर्ताको भूमिकामा नेपालको बहुदल स्थापनामा जोशीले उल्लेखनीय भूमिका निर्वाह गरे । मिजासिल ,बौद्धिक र क्षमतावान् नेता जोशी निष्ठावान् राजनीतिज्ञ समेत हुन् ।जोशी अाफुले पाएको जिम्मेवारी राम्रोसँग निर्वाह गरेर पार्टीको हितमा सदैव कटिबद्ध रहेका छन् । विद्यार्थी राजनीति बाट खारिएर अाएका जोशी दुईपटक केन्द्रीय सदस्य भईसकेका छन् । अब देशभरका कार्यकर्ता नविन्द्रराज जोशीलाई महामन्त्रीको रुपमा उनको उर्जाशील खटाई र नेपाली काङ्ग्रेसलाई पहिलो पार्टी बनाउने उद्देशका साथ उनको निर्णय कुरेर बसेका छन् । कार्यकर्ताको मूल्याङ्कन ,सबैको भावना हिमाल पहाड तराई मधेश ,जनजाति ,अादिवासी सबैका साझा नेता जोशी अबको काङ्ग्रेसको महामन्त्री बन्दै नेपाली काङ्ग्रेसलाई पहिलो पार्टी बनाउनेमा कार्यकर्ता ढुक्क छन् ।

तपाईको प्रतिक्रिया