- गोपाल पोखरेल

विराटनगर,१६ भदौ  : समाज सेवाको पर्याय विनायक पन्त हुन भन्दा फरक पर्दैन । धार्मीक कार्य होस वा सामाजिक कार्य , मानव कल्याण कार्य होस वा साँस्कृतीक कार्य सबैमा उनको योगदानको मुल्याङकन जती धेरै गर्दा पनि कमै हुन्छ । यतिखेर कोरोना भाईरसले समाजमा आतंक मच्चाई रहेको छ । यो बेलामा कोरोना बाट मानिसहरुलाई जोगाउने अभियानमा सक्रीय छन ।कांग्रेसका क्षेत्रीय प्रतिनिधि समेत रहेका विनायक यतीखेर आफ्नो वडामात्र होईन । पुरै ४ नम्मर क्षेत्र नै सेनिटाईज गर्न लागी परेका छन । उनले कटहरी गाँउपालिकाका कोरोना संक्रमण प्रभावीत क्षेत्रमा समेत सेनिटाईज गर्ने उपकरण र केमिकल प्रदान गरेका छन । मंगलबार कटहरी गाँउपालिकाका तरुणदलका नेताहरुलाई कटहरीका जनतालाई सुरक्षीत राख्नकालागी सो उपकरण र केमिकल प्रदान गरेका हुन ।

करिब १५ दिन अघि देखिनै विनायकले विभिन्न घरहरुमा सेनिटाईज गर्ने कामको आरम्भ गरेका थिए । उनलेभने,‘ अहिले म मानिस जोगाउ अभियानमा छु पैले मानिस बचाउनु पर्छ भोली को रहला या नरहला कसको के ग्यरेन्टी र बाचुन्जेल राम्रो काम गर्छु ।ईन्जिनियर राजु तामाङ , युवाहरु पवन ओली , नारायण दाहाल, मनोज साहा, अनुप पोखरेल, भास्कर राई लगायतका युवाहरु गाँउ वस्तीमा सेनिटाईज गर्न व्यस्त छन । विभिन्न स्थानका घरहरुमा सेनिटाई हुनुपर्ने माग आएपछी सेनिटाईज गर्न व्यस्त भएका हुन ।

विनायकले सामाजीक कामलाई आफ्नो कर्म बनाएपछी धेरै स्थानीयहरु खुसी भएका छन । विराटनगर २ का सुभाष कामत भन्छा‘, विनायक दाईको समाज सेवामा धेरै ठुलो योगदान छ अहिलेको समय आफै लुकेर बस्ने हो , उहाँ आफै मानिस बचाउने अभियानमा लाग्नु भएको छ मलाई धेरै खुसी लागया छ ,।

तपाईको प्रतिक्रिया