- गोपाल पोखरेल

कोरोना कहरमा जनता खान नपाएर भोकै तड्पी रहेका छन । तर नेपाली राजनीतिमा सत्ताको बागडार सम्हालेका प्रदेश , संघ र स्थानीय सरकारहरु दुलोभित्र लुकेर भर्चुअल कार्यक्रममा रमाईरहेका छन । यसै सन्दर्भमा रहेर हामीले नेविसंघका जुझारु  युवा नेता केशव गिरी संग गरिएको कुराकानीको सार

 


१ केहि दिन अघि तपाँइहरु सरकार खोज्दै हुनुहुन्थ्यो काँहा हराएको थियो सरकार र खोज्नु भाथ्यो भेट्नु भो त ?

बेजोड खोजियो सरकार अहिले सम्म भेटिएको छैन। अहिले भए झैं लकडाउनको आवश्यकता छैन, केटाकेटी र वृद्धलाई घरै बस्न लगाउने । अनावश्यक फिरन्ते, घुमन्तेलाई अलिक कडाइ गर्नु पर्छ, खटाउनु पर्यो नि सरकारी तलव खाने जनताको सेवालाई। सार्वजनिक गाडी लाइनका कामदार, होटल लाइनमा काम गर्ने, निजी विद्यालयका शिक्षकलाई कति समस्या छ, यिनीहरुलाई सरकारले केही दिनु पर्दैन? सरकारले नदिए पनि यि सबका मालिकलाई केही दिन अनुरोध गर्न सक्छ । एउटा शिक्षित वर्ग शिक्षक, न त निजि विद्यालय अत्यधिक नाफामा जादा यिनलाई बोनस दिन्थ्यो, आज डिप्रेसनको अवस्थामा छ, सरकारले सम्बोधन गर्न सक्नु पर्दैन? कृषि प्रधान देशमा मल छैन, भारत ब्लु रिभोलुसन, ह्वाइट रिभोलुसन भनेर आफ्नो माछा, दुग्ध पदार्थ अमेरिका, युरोप लगायतका देशमा निकासा गर्छ तर धेरै कुरा भारतको सिको गर्ने नेपालका राजनीतिक दलले उसले अपनाएको राम्रो विकासका मोडलको सिको गर्नुको साटो दिनरातको किसानको मेहनतको कदर नगरिदा कति किसान मर्न अवस्था आउन सक्छ, अब भन्नुस, के सरकार भएको महसुस गर्न सकिन्छ?
२ सामाजिक अभियान्ताको हिसावमा भन्नु पर्दा कोरोना न्युनिकरण गर्न के गर्दै हुनुहुन्छ ?

विभिन्न चेतना मुलक कार्यक्रम गरियो, कोरोना संक्रमित एरियामा स्यानिटाइज गरिरहेको छु, माक्स, स्यानिटाइजर बितरण गरियो।

३ बजार बन्दले आर्थिक संकट निम्तीने खतरा कतीको छ  यसको बिकल्प के होला ?

स्वभाविक हो, आर्थिक मन्दीले संकट निम्तिन्छ । बिकल्पमा प्रत्यक्ष ग्राहक र बिक्रेता आमनेसामने हुने बजार बिहान ६ बजे देखि बेलुका ८ बजे सम्म खोल्न दिनु पर्छ, यसो भए पसलमा भिड कम हुन्छ। त्यस बिच कुनै पनि पसलमा दुरी कायम नगरेको पाइए, माक्स नलगाएको ग्राहकलाई सामान दिए, पसलमा स्यानिटाइजर नराखे तुरुन्तै कारवाही गर्नु पर्छ, दुई चारलाई कार्वाही गरेपछि सब लाइनमा आउछन् ।

४.कोरोनाले शिक्षा क्षेत्रमा परेको घाटालाई कसरी मुल्यकन हुन्छ ?

सबै क्षेत्र मारमा परेको बेला शिक्षामा अवरोध स्वभाविक हो। यसलाई हामी अर्को तिरबाट फाइदामा लान सक्छौ । जस्तो: हामीले आफ्नो छोराछोरी संग उनिहरुलाई अहिलेको उमेरको बनाउँदा सम्म कति दुःख, कष्ट भोग्यौ, कति उकाली ओराली पार गर्यौ, कस्तो कस्तो काम गर्यौ, आफुले भोगेनुसार जीवन के हो, राजनीति के हो, माया के हो, साथी संगत के हो, उद्देश्य, लक्ष्य कस्तो हुनुपर्छ, देश, जनता, समाज आदि इत्यादि बारे दैनिक केही समय सिकायौ भने अमुल्य शिक्षा पाउछन् जस्तो लाग्छ। हुन त हाम्रो शिक्षामा अझै सुधारको आवश्यकता छ ।जस्तो ९ देखि १२ कक्षा सम्ममा धेरैले आफै गरिखान सक्ने बनाउनु पर्छ। जस्तो: वर्कसप (ग्यारेज) इन्जिनियरिङ्ग, कार्पेन्टर इन्जिनियरिङ्ग, बुटिक वा सिलाई कटाई डिजाइनर, कृषि सम्बन्धी हरेकको खेति र जनावर/पंछी पाल्ने ज्ञान, घर ढलाई इन्जिनियरिङ्ग, कम्प्युटर, एसी, फ्रिज मेकानिकल इन्जिनियरिङ्ग आदि जस्तो बिषय छानेर पढ्न पाउने बनाउनु पर्छ। अहिले डिग्री गर्छन् तर त्यो पढाईको उपयोग कमैले गर्छन्। त्यसैले १ वर्ष पढाई गुम्दैमा खासै केही बिग्रन्छ जस्तो लाग्दैन तर यससँग जोडिएको रोजगारी निकै महत्वपूर्ण छ, त्यसैले समय सहि हुन्छ जस्तो छ अब, मिलाएर खोल्नु पर्छ।

५, यस्तो बेला युवा विद्यार्थीहरुको भुमिका के होला के गर्दै हुनुहुन्छ ?

विद्यार्थीको भुमिकामा पढ्दैछु बिभिन्न किताब । विद्यार्थी नेताको हकमा भने गलत शैक्षिक गतिविधिलाई सही ट्रयाकमा ल्याउन अन्य साथीहरु संग मिलेर बिभिन्न कामहरु गरिएको छु । अन्त्यमा के भन्न चाहन्छु भने हामी प्रायः विकसित देशले गरेको कुरा पछ्याउछौ । केही समय धैर्य गरौं, मृत्यु दर बढ्न सक्छ हाम्रोमा, बिकसित देशमा अक्सिजन, भेन्टिलेटरको राम्रो प्रवन्ध छ र चाहिए तुरुन्त थप्न सक्छन् तर हामी सक्दैनौ । सचेत भएर अगाडी बढौँ, अबको केही समयपछि सब ठिक हुन्छ, हतार नगरौ । अहिल्यै सबै कुरा नखोलौ

तपाईको प्रतिक्रिया