बिराटनगर १६ दरैया वस्तीका ५० जना परिवारलाई नेपाली काँग्रेशका जिल्ला सदस्य युवा नेता राजेश कुमार गुप्ताको अगुवाईमा राहत सामग्री वितरण गरिएको हो ।युवा सामाजिक अभियन्ता राहुल भट्टराईको सहयोग तथा नेकाँका जिल्ला सदस्य युवा नेता गुप्ताको अगुवाइमा दरैया वस्तीका ५० जना मुसहर परिवारलाई राहत सामग्री वितर गरिएको हो ।दरैया वस्तीका मुसहर परिवारलाई नेता गुप्ताको अगुवाई र अभियन्ता भट्टराइको व्यक्तिगत सहयोगमा करिब ८० हजार मूल्य बराबरको चामल, दाल, तेल, नुन, मसाला, साबुन लगायतका राहत सामग्री वितरण गरिएको नेता गुप्ताले जानकारी दिए ।पाँच महिनाको लामो लकडाउनमा रोजगार गुमाएका दरैयाका मुसहर समुदायलाई यो भन्दा अगाडी पनि समाजसेवी युवा नेता राजेश गुप्ताकै अगुवाईमा भट्टराईले राहत बितरण गरेका थिए । नेता गुप्ता भन्छन् हामीले यो दुखको बेलामा एक अर्कालाई मलहम लगाउनु पर्छ सकेको सहयोग गर्नु पर्छ यो नै हाम्रो मानवता हो। अहिले राजनीतिका कुरा छोडौ ,राजनीतिक स्वार्थलाई छोडेर सबैजना मिलेर निभेको चुलो बाल्न सहकार्य गरौ गुप्ताले सबैलाई अनुरोध समेत गरे। सानै उमेरदेखि सामाजिक कार्यमा सक्रिय सामजिक युवा अभियन्ता राहुल भट्टराईको चर्चा अहिले बढ्दै गईरहेको छ । उनले गरेको कामको चौतर्फी प्रशंशा हुदै छ। राहुल भन्छन् हामीले यो जुनी उपकार गर्न सेवा गर्न पाएका हौ त्यसैले पनि म हरबखत सामाजिक कार्यमा नै सक्रिय हुन्छु मेरो यो जुनीमा मेरो हरेक सास मेरो देश र मेरो समाजलाई समर्पित गरिसकेको छु।

तपाईको प्रतिक्रिया