विराटनगर, २० भदौ । मोरङको बुढिगंगा गाउँपालिका ४ का युवाहरुले एकीकृत युवा संघ गठन गरेका छन् । समाजमा हुनेगरेका विकृति र विसङ्गति विरूद्धमा खवरदारी गर्दै हरेक क्षेत्रमा क्रियाशिल हुँदै सामाजिक काम गर्ने उद्देश्यले युवा संघ गठन गरेको उनिहरुले बताका छन् । उक्त कार्यक्रममा बोल्दै नेकपा जिल्ला सदस्य रिता न्यौपानेले समाजका विकृति र विसङ्गति अन्त्य गर्न युवाको महत्वपुर्ण भुमिका हुने बताइन । सर्वप्रथम युवाहरूले अनुशासित भएर काम गर्नुपर्ने न्यौपानेले बताइन् । उहाँले युवा संघलाई बधाई तथा सुभकामना दिनुभयो । बुढिगंगा गापा वडा ४ का नेकपा पाटी अध्यक्ष महम्मद हस्मुदिन मियाँले युवा समाजको मेरूदण्ड भएकाले समाजलाई परिवर्तन गर्न महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताए । युवाले गरेका हरेक राम्रा काममा आफ्नो साथ र सहयोग रहने उनले बताए । कार्यक्रममा बोल्दै विराट आदर्श साहित्यि मञ्चका अध्यक्ष कट्वाल दीपकले हरेक क्षेत्रका गतिविधिमा युवाले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने बताए । युवा डम्बर ढकालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको छ । संघको उपाध्यक्षमा सुशीला बस्नेत र मुना कट्टेल छन् । त्यस्तै सचिवमा विकास कार्की, सह–सचिवमा निर्मल खतिवडा, कोषाध्यक्षको नाम सरोज बस्नेत र नुना कट्टेल रहेका छन् । त्यस्तै सदस्यमा विराट कठायत, शुसिल पोख्रेल, केवल चौलागाईँ, जेम्स फुयल, सुजिता दाहाल, नम्रता दाहाल, विनोद थापा, नितेश भट्टराई र अनिल खत्री रहेका छन्

तपाईको प्रतिक्रिया