- गोपाल पोखरेल

समाज सेवाको नाममा एक पोका चाउचाउ किनेर हस्तान्त्रण गर्दैगरेको र फोटो सेसन गरेको हामीले देखेको र सुनेकै पनि छौ । खाज्दै जाने हो भने अहिले पनि सडकहरुमा काँही कतै त्यस्तै गतीविधी भईरहेका छन । दुई चार जनालाई खाना खुवाएर १ हजारलाई भात खुवायौ भनेर समाचार लेखाउन संञ्चारकर्मीहरुलाई बोलाउने र भिडियो खिच्न लगाउने , संञ्चारमाध्याममा प्रकाशन र प्रसारणगर्न लगाउनेहरुको कमी छैन । यत्र तत्र सर्वत्र छ । तर हल्लै नगरी समाजसेवा गर्ने बिशाल मुटुभएका महापुरुषहरुको पनि कमि छैन । विश्वले कोरोना कहरको सामाना गरिरहेको बेला विराटनगरको बगरगाछीका ३ युवाले कोरोनाको संक्रमणबाट मृत्यु भएकाहरुको शब दाहासंस्कारको काम सुरु गरेका छन ।

दुनीयाका मानिसहरु कोरोनासंग डराएर घरमा लुकिरहेको बेला यि युवाहरु साहास गरेर कोरोना संक्रमणबाट मृत्युभएका मानिसहरुको शब व्यवस्थापन र दाहासंस्कारमा जुटेका हुन । युवाहरुले आईतबार कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको दाहा सस्कार गरे । करिब एक हप्ता अघि अर्के महिलाको शब दाहासस्कार गरिसकेका छन । उनिहरु सबै बरगाछीका युवा हुन । २५ वर्षीय राम नेपाल , २२ वर्षका सुयोग चपाँगाई , २३ वर्षका रविन कार्की हुन ।

रविन प्रदेश सांसद विन्दीया कार्कीका छोरा हुन । विन्दीया कार्की , सामाजिक अभियान्ता दिपक चापागाँई लगायतका बरगाछीका अगुवाहरुको सुझावमा सो कार्यकालागी युवाहरु कस्सीएका हुन । उनिहरु एक महिना अघि देखि विराटनगरमा रहेका कोरोना संक्रमीतहरुको घरमा सेनिटाईजको काम गर्दै आएका थिए । त्यतीमात्र होईन खाद्यन्न अभाव भएका विपन्नहरुलाई खाद्यन्न उपलब्ध गराउने काम गर्दै आएका थिए । सामाजिक अभियान्ता चापागाँई भन्छन, यो चानचुने काम होईन भाईहरुले हिम्मत गरे हामीले उर्जा भर्ने काम गर्यो त्यसैले यो काम संभव भयो । यि युवाहरुले अन्तरमनबाट सामाजिक सेवामा सक्रीय छन ।

कोरोना संक्रमीतहरुको सब व्यवस्थापनमा धेरैलाई हार गुहार गर्नुपर्ने भएपछी उनिहरु आफै अग्रसर भएका हुन ।सामाजिक अभियान्ता दिपक चापाँगाई फेसबुकमा स्टाटस लेख्छन , सेवा गर्ने भाबना भए पछी न समिती बनाउनु पर्छ न कसै लाईभनिरनु पर्छ । सेवा मन ले गर्ने हो सलुट छ सेबा भाब हुने हरु लाई बीगत एक महिना देखिको सेनिटाइजेसन गर्ने कार्य सङ्सङै वरगाछी युवा टिम द्वारा दोस्रो शव ब्यवस्थापन गरिएको छ । चापाँगाई मात्र होईन उनिहरुलाई हौसल्लाहा प्रदान गर्ने विराटनगरका धेरै हिम्मतीला मनहरु छन । जसले उनिहरुलाई उर्जाप्राप्त भईरहन्छ । उनिहरु क्वरेनटाईनमा बस्दै आएका छन ।विराटनगर २ का समाजसेवी सुभाष कामत भन्छन, म यि विशाल मुटुभएका महापुषहरुलाई स्यालुट गछृ ,। कामत थप्छन, यो सायदै सर्वसाधरणले गर्ने हिम्मत राख्दैनन । धन्य छौ हामिहरु । यिनिहरुको समाजसेवामा हामी गर्वगरेर उनिहरुको आत्मबल बढाउ ।

तपाईको प्रतिक्रिया