- गोपाल पोखरेल

पंक्तीकार सत्यनारायणको पुजा लगाउन जान्दछ । आईपरे श्राद्ध पनी तोडछ । पंक्तीकारले पुजालगाईदिने बाहुनको भुमिकामा पनि निवार्हगर्छ । लाज मन्दैन । परीश्रम गर्छ । हकरको काम पनि गरेको छ । चोरेको छैन । भलै साथीभाईहरु विचमा ख्याल ख्यालैमा ढट्यो होला तर अरुलाई ढाटेन । पंक्तीकार पथरी ८ को मान्छे हो । भोट पनि त्याहिबाट हाल्छ । उनिकट पार्टीको प्रदेशमा बल्ल तल्ल एक जना जिते ।
पंक्तीकार त्यो क्षेत्रको एक दुई सय भोट यता उत्ता गर्ने ल्याकत राख्छ। त्यहि जन्मेको हुर्केको पढेको मुन्छे हो । ति माननीयले वितेका बर्षमा  कुनै पनि काम गरेनन । पंक्तीकारलाई भन्न भन लाग्यो । धेरै पटक भन्यो पनि । तर सुनेन । जब कोरोना कहर सुरुभो । पक्तीकारले सोच्यो । त्यो क्षेत्रको कोरोना संक्रमीतको घरमा सेनिटाईज गर्न सांसदले रोल खेल्लान । त्याहाका आंशिक जनताको चाहाना त्याहि थियो । तर मानीय र्भचुअल बैठकमा बस्त भएका फोटाहरु पोस्ट हुन थाल्यो । पक्तीकारले क्षेत्रका जनताका समस्याका विषयमा कमेन्ट गर्यो । त्यो पनि मजाले नै । त्यसको पाँच दिन पछी एक जना माननियले पंक्तीकारलाई फोन मार्फत थर्काए । मलाई लाग्यो । उनले पिएका रहेछन । पिउनु नराम्रो होईन । थोरै पिए औषधि धेरै पिए बिष । खैर थाहा भएन । उनले के गरेर थर्काका हुन । उनि नै जानुन । उनले तँ ठुलो कुरा नगर देखाईदिउला ? भन्ने सम्मको धम्की दिए ।
मैले उनको कती न के के खाए जस्तो गरेर पैसा खुवाएर समाचार लेखाउने मान्छे हैन सम्म भने । उनको बौद्धिक स्तर मान्नै पर्ने रैछ । कुरा सुन्दा पढेलेखेका रैछन ।  त्यतीकै नेपालीमा मस्टर गर्या हैन रछन । पंक्तीकारले ती मननीय ज्यु ज्युलाई चुनौती दिन्छ ? आज सम्म कुनै माईकललालको केहि खाएको छैन । खाएको भए देखाउ पत्रकारीता छोडेर तिमी विरुद्ध चुनाव लडन आउछु ।  चेतना भया । माननीय ज्यु अहिले हैसियतमा हुनुहुन्छ । चित्त नबुझे कानुनी परार्मशमा जान सक्नुहुन्छ । तपाँईले अरुलाई अरुलाई जे पनि गर्न सक्नु हुन्छ तपाँई सक्तीमा हुनुन्छ । के सक्नु हुन्छ गरेर देखाउनुस तपाँईलाई चुनौती भो ? आफुजस्तै मुर्ख संझेर थर्काउदैमा कोहि दुलो भित्र लुक्दैन । बोल्न पंक्तीकारलाइ पनि आउछ । तर नभन्या मात्र हो । बाहुनकै छोरा भएर रिस आबेग , अगमतालाई काबुमा राख्न सक्छ । पंक्तीकारको शब्दको प्रहार तपाँई थेग्न सक्न हुन्न ख्याल राख्नुस ।। त्यो क्षेत्रका जनताले फेरी मुल्यांकन गर्लान । जय नेपाल

तपाईको प्रतिक्रिया