विराटनगर,२४ असोज : अम्बे मुरारी सेवा केन्द्र विाटनगर ८ ले १०० जना विपन्नहरुको कोरोना बिमा गरेको छ । संस्थापक अध्यक्ष भारती उपाध्यायका  अनुसार विराटनगर ८ का १०० जना को कोरोना विमा गरेको हो । शिखर र सिदार्थ ईन्स्योरेन्समा कोरोना विमा गरेको केन्द्रले जनाएको छ । त्यसैगरी सेवाकेन्द्रले ५० जनालाई माक्स र  सेनिटाईजर वितरण छ ।

केन्द्रले केहि दिन अघि कोरोना विरुद्ध जनजगरण कार्यक्रम गरेको थियो । त्यस्तै सेवाकेन्द्रले केहि महिना अघि विराटनगर ८ का सर्वसाधारणलाई लक्षीतगरेर मनोविमर्श कार्यक्रम समेत सम्पन्न गरेको थियो । त्यसैगरी विपी कोईरालाको जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको सेवा केन्द्रकी सचिव लक्ष्मी चौधरीले बताईन । उपाध्यायले महानगरबाट प्राप्त गरेको भत्ताबाट विराटेश्वर बृद्धा आश्रमको एक कोठा निर्माण गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया