- गोपाल पोखरेल

विराटनगर,२६ भदौ : काग्रेस संसदीय दलका प्रमुख सेतक केदार कार्कीले मृतक एक सुत्केरीको दाहा संस्कार गर्न आर्थिक सहयोग गरेका छन । आर्थिक अभाव हुँदा र कोशि अस्पतालले भर्ना नलिएपछी सर्वसाधारणले ज्यान गुमाउने अवस्था आउनु सरकारको लाचारीपन भएको भन्दै स्थानीय आक्रोशित भएका छन ।

उनको कोशीले फर्काइदिएपछि आर्थिक रुपमा विपन्न ऋषिदेव परिवारले निजी अस्पताल लैजान रकम जोहो गर्दै गर्दा दुःखद् घटना भएको थियो । विराटनगर–६ सुकुम्बासी टोलमा बस्दै आएकी ३० वर्षीया विमला ऋषिदेवको अस्पतालले भर्ना नलिएपछि बिहीबार बिहान घरमै मृत्यु भएको हो । प्रसूति व्यथाले च्यापेपछि विमलालाई बिहान १ बजेतिर उनका श्रीमान शिवु ऋषिदेवले कोशी अस्पताल लगेका थिए । कोशीले बेड खाली नभएको भन्दै भर्ना लिन अस्वीकार गरेपछि उनले श्रीमतिलाई घर फर्काए ।

यसअघि दुई बच्चा शल्यक्रियाबाट जन्माएकी उनको ४ बजे मृत्यु भएको हो । तेस्रो पटक शल्यक्रिया गर्न नमिल्ने भन्दै अस्पतालले फिर्ता पठाएको शिवुको भनाइ छ । बच्चा जन्माउन नसक्दा प्रसूति व्यथाले छटपटाउँदा छटपटाउँदै गर्भवतीको मृत्यु भएको थियो । यसअघि मोरङको कानेपोखरी गाँउपालिकाकी ७ महिनाकी गर्भवती २३ वर्षीया सविना थापा (दर्जी)को पनि अस्पतालले उपचार नगर्दा मृत्यु भएको थियो । त्यति मात्र हैन कोरोनाको बहानामा अस्पतालले उपचार गर्न नमान्दा विराटनगरमा आधा दर्जन बढिको मृत्यु भइसकेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.चुमनलाल दासले प्रसुतिका लागि आएकी ऋषिदेवलाई फिर्ता पठाएर मृत्यु भएको रहेछ भने छानबिन गरेर कारबाही गर्ने बताउनुभएको छ । प्रसूतिका लागि ल्याइएका महिलालाई जुनसुकै अवस्थामा पनि तत्काल उपचार गर्नुपर्ने अस्पतालको नीति रहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया