- गोपाल पोखरेल

यो बेला सबै तिर समस्या छ । कोरोनाले काम गर्न नपाएकाहरु ज्याला नपाएर घर चलाउन समस्या भईरहेको छ । भनौ भोको पेट छ धेरै मजदुरहरुको जसले बिहान काम गरेर बेलुका चुल्हो बाल्छ । यतिखेर ति मजदुरहरुलाई विहान बेलुका हात ममुख जोडन समस्या छ । यहि समस्यालाई मध्यनजर गर्दै नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी विनायक पन्तले यातायात मजदुरहरुलाई राहात वितरण गरेका छन ।

कोरोनाको महामारी फैलीरहेको बेला यातायात मजदुरहरुलाई राहात सामाग्री वितरण गरेका हुन । सोमबार हाटखोला बसपार्कका  ३० मजदुरहरुलाई प्रतीव्यक्ती एक बोरा चामल , खाने तेल , नुन, दाहाल, लगायतका खाद्य सामाग्री वितरण गरेका हुन मोरंङको कटहरी गाँउपालिकाका सबै वडाका वस्तीहरुमा सेनिटाईजको काम सम्पन्न गरेका समाजसेवी पन्त र हाट खोला बस व्यवसायी संघका अध्यक्ष प्रकाश कार्की यातायात मजदुरलाई राहात वितरण गरेका हुन । सो कार्यक्रममा काग्रेस नेता मनोज कार्की , तरुण दलका नेता संञ्जय मण्डल, एस्राफील शेख , तमाल आलम , तरुणदल ४ का सभापती मुकेश कार्की , युवा नेता रविन बाँनीय लगायतको सहभागिता थियो ।



कोरोना संक्रमणले ४ महिना देखि बेरोजगार भएका यातायात मजदुरहरु राहात पाएपछी खुसी भएका छन । विहान बेलुका हातमुख जोडन समस्या भईरहेकोबेला विनायक पन्तले दिएको राहातले केहि समयकालागी जाउलोको मेसो मिलेको बताएका छन । राहात पाएपछी समाजसेवी विनायक पन्तको जयजयकार गरे ।पन्तले मोरंङको क्षेत्र न. ४ का विभिन्न क्षेत्रमा सेनिटाईज गर्ने तयारी समेत गरिरहेका छन ।

तपाईको प्रतिक्रिया