विराटनगर,२ असोज : नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रीक आन्दोलनमा खेलेको भुमिकाको प्रशासा गरेका छन । गणेशमान सिह को २३ ओै स्मृति दिवस को अवसरमा आयोजित माल्र्यापण कार्यक्रममा बोल्दै नेता सिंहले त्यस्तो बताएका हुन । विस १९९७ सालमा राणहरुका विरुद्धमा सुरुगरिएको आन्दोलनमा चार सहिद सहित गणेशमान सिंहलाई पक्राउ गरेर निमर्म यतना दिएको र सर्वस्वहरण सहित आजिवन काराबासको सजाय तोकेको स्मरण गर्दै नेता प्रकाशमानले प्रजातन्त्र प्राप्तिकालागी गरेको योगदान कसैले बिर्सन नसक्ने बताए । नेपाली जनताको हक हित र स्वतन्त्रताका लागी गणेशमान सिंहले गरेको योगदानले जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिकलाई स्वतन्त्रता प्राप्त भएको बताए ।

तपाईको प्रतिक्रिया