विराटनगर,२ असोज : अम्बे मुरारी सेवा केन्द्रले विराटनगर ८ का ५० विपन्न परिवारलाई राहात वितरण गरेको छ । कोरोनाको महामारीले समस्या बनाईरहेकोबेला सेवा केन्द्रले राहात वितरण गरेपछी सर्वसाधारण खुसी भएका छन । संस्थापक अध्यक्ष भारती उपाध्यायका अनुसार कोरोनाको संक्रमणले गर्दा बेरोजगार भई घर बसेका र ज्याला मजदुरी गरेर खाने सर्वसाधारणलाई राहात वितरण गरिएको हो ।

चामल, दाल, नुन , तेल लगायतका खाद्य पदार्थ प्रदान गरिएको हो । सेवा केन्द्रले बृक्षारोपण, मनोविमर्श कार्यक्रम, कोरोना विमा, सचेतना जस्ता विबिध कार्यक्रम गर्दै आएको छ ।कार्यक्रममा सेवा केन्द्रकी अध्यक्ष युवा भण्डारी , सचिव लक्ष्मी चौधरी , चुडा ठकुरी , मनुजा कार्की लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया