- मोहन ढकाल

विराटनगर, ३ असोज । संविधान दिवस र गणेशमान सिंहको २३ औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी संघ मोरङका नेताहरुले दिपप्रज्वलन गरेको छन । विराटनगरको बरगाछीमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस श्रम तथा रोजगार समन्वय बिभाग केन्द्रिय सदस्य जनार्दन निरौला, गोग्राहा स्कुलका विद्यालय ब्यवस्थापन समिती अध्यक्ष सुनिल पौडेल र तरुण दल महानगर समिती सभापति संतोष न्यौपाने दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा युवा नेता पिताम्बर दाहाल, प्रबिण खड्का, काजिबाबु पोख्रेल, रोसन बुढाथोकी, मुरारी दाहाल, दिपक कटुवाल, सुशील घिमिरे, बिनोद दाहाल, अर्पण बास्तोलाको सहभागिता रहेको नेपाल विद्यार्थी संघ मोरङका नेता देवचन्द्र घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी पथरी क्याम्पस इकाई समिति सभापति नवराज तुम्हाम्फेको नेतृत्वमा पथरिमा र पुसेट क्याम्पस इकाई कार्यवाहक सभापति अंकित भट्टराईको नेतृत्वमा तिनपैनी चोकमा दिपप्रज्वलन भएको नेपाल बिध्यार्थी संघ मोरङका युवा नेता घिमिरेले जानकारी दिननुभयो ।

तपाईको प्रतिक्रिया