विराटनगर, ८ असोज । हाम्रो नेपाल हामी नेपाली अभियानको मोरङ् जिल्ला समितिले विराटनगर अस्पतालमा उपचारत विरामी वालकलाई आर्थिक सहयोग गरेको छ । देश तथा विदेशमा रहेका अभियन्ताहरुबाट प्राप्त भएको ५० हजार १ सय रुपैयाँ बिहिबार (आज) सहयोग गरेको छ । अभियानका मोरङ जिल्ला संयोजक राजेश न्यैपानेले विरामी वालककी आमालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उदयपुरको त्रियुगा नगरपालिका ५ घर भएका ९ वर्षिय वालक प्रभु खत्रि लगभग ५ महिना देखि उपचाररत छन् । उनि एक अनौठो किसिमको “पेन फिगस भल्गरिस” रोगसँग लडिरहेका छन् । आर्थिक अवस्था कमजोर भएको कारण उनको उपचारमा समस्या हुँदै आएको थियो । वालकको उपचार डा. दिपराज अधिकारीले गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया