विराटनगर , विराटनगर महानगरकी उपप्रमुख ईन्दिरा कार्की समाजसेवाको अर्को एउटा नाम हो । कोमल भवना भएकी कार्की दिन दुःखिहरु देख्नासाथ उनिहरुको उत्थानको बारेमा सोच्ने गर्छीन । उनले धेरै दिनहिनहरुको उद्दार गरेकि छिन । उनले मंगलबार एक बेवारीसे बृद्धको उद्धार गरेकि छिन । विराटनगर ५ स्थित कोचाखाल हनुमान मन्दिर अगाडी रहेकी वृद्धाको उद्धार गरेकि हुन ।


राम्ररी बोल्न र कान सुन्न नसक्ने करिब ५५ वर्षीया महिलाको महानगरपालीका र राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं १ को कार्यलयले उद्धार गरेको छ । विगत एक सातादेखी वेवारिसे अवस्थामा स्थानीयको घरको पेटी तथा सडकमा बस्दै आएकी महिलाको विराटनगर महानगरपालिका उपमेयर ईन्दिरा कार्कीको पहलमा ,नेविसंघका नेता त्रिभुषण गिरी ,सामाजिक महाशाखाका प्रमुख सरोज गौतम, नगर रक्षक प्रहरी निरीक्षक राजन पौडेल र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं १ का शाखा अधिकृत चिरन्जीवी कोईरालाले उद्धार गरेका हुन ।

कोरोना महामारीको बेला मुखमा मास्क समेत नलगाई बसेकी महिलालाई उपमेयर ईन्दिरा कार्कीले मास्क लगाईदिदै आश्रममा जान आग्रह गरेकि थिईन।बेवारिसे अवस्थामा भेटिएकी महिलालाई विराटनगर–८ को विराटेश्वर आश्रममा लगेर राखिएको छ । उनको स्वाब संकलन गरेर पीसआिर परीक्षण गरिने उपमेयर कार्कीको भनाई छ। जगत बहादुर अर्यालले संचालन गर्दै आउनुभएको आश्रममा उहाँलाई संरक्षण गरिएको हो ।

 

तपाईको प्रतिक्रिया